• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शंकर मावि काष्ठमहल रुपनगरको ७३ औं वार्षिक उत्सव

शंकर मावि काष्ठमहल रुपनगरको ७३ औं वार्षिक उत्सव
उत्तम आचार्य 
कञ्चनरूप , २३ पुस ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित रहेको श्री शंकर  माध्यामिक विद्यालय काष्ठमहल रुपनगरको ७३ औं वार्षिक उत्सव भव्यताको साथ सम्पन्न भएको छ । शंकर मावि रुपनगरको प्राङ्गणमा कञ्चनरूप नगरपालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख  मुनाकुमारी पोखरेलको विशिष्ट आतिथ्यतामा मंगलबार आयोजित  एक समारोहका वीच बार्षिक उत्सव सम्पन्न भएको हो।
सम्मान ग्रहण गर्दै न्यूज टुडेकर्मी उत्तम आचार्य । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख ललन प्रसाद गुप्ताले अबको समाजमा बहस राजनीतिमा नभई शिक्षा र शिक्षा क्षेत्रबाट उत्पादित जनशक्तिको विश्वव्यापीकरणमा हुनुपर्नेमा जोड दिए । देशको विकास, समाजको परिवर्तन शिक्षाबाट मात्र संभव छ भन्दै उनले अबका विद्यालयमा राष्ट्रियता पढाएर देशलाई माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने विचार व्यक्त गरे।
नगर उप प्रमुख मुनाकुमारी पोखरेलले शिक्षा क्षेत्रमा शिक्षक विद्यार्थी अभिभावक एकजुट भएमात्र संभावनालाई साकार पार्न सकिने बताउँदै शिक्षाबाटै सभ्य समाजको चित्रण हुने बताइन। कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष देवी बहादुर खत्रीले शिक्षाको गुणस्तर समाज सुध्रिए मात्र उकासिने भन्दै समुन्नत समाज निर्माण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । 
बार्षिक उत्सवको अवसरमा सम्मानित विभिन्न व्यक्तित्व । फोटो : न्यूज टुडे
कार्यक्रममा वडा नम्बर १२ का वडा सदस्य जैनिद्दिन मिया,सर्बोदय माबिका प्रधानाध्यापक तारानन्द मल्लिक,नेपाल शिक्षक संघ मधेस प्रदेशका अध्यक्ष पर्शुराम यादव,पुर्व प्रधानाध्यापक तिर्थराज पोखरेलले समेत शुभकामना मन्तव्य व्यक्त गरे । 
प्रधानाध्यापक गंगा प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज खडका, १२ नम्बरका वडा अध्यक्ष देबिबहादुर खत्री , समाजसेवी , शिक्षा प्रेमी , अभिभावक , संचारकर्मी , विभिन्न संघ संस्थाका प्रतिनिधि , वडा सदस्य  लगायतका व्यक्तिहरुको उपस्थिति थियो।
उक्त अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो। उत्कृष्ट नतिजा ल्याउने २०८० सालका एसईई परीक्षामा सहभागी विद्यार्थी सुरज कुमार साह र स्मृति शर्मा, स्व . स्टोफेन स्मृति पुरस्कार जनही नगद ५ हजार ५ र प्रशंसा पत्र प्रदान गरेर पुरस्कृत गरिएको थियो ।
त्यसैगरी कक्षा १२ को बाणिज्य तर्फ उत्कृष्ट अंक ल्याउने निश्चल पौडेल र शिक्षा तर्फ उत्कृष्ट  अंक ल्याउने अज्जल चुरौटेलाई स्व . मानबहादुर रत्नमाया स्मृति छात्रवृत्ति प्रदान गरि पुरस्कृत गरिएको थियो ।
कोषका संरक्षक अमर श्रेष्ठ र दुर्गा श्रेष्ठले नगद जनही २ हजार ५ सय ५ र प्रशंसा पत्र प्रदान गरि पुरस्कृत गरेका थिए ।
 कार्यक्रममा शिक्षकहरुलाई समेत योगदानको मूल्यांकन गर्दै सम्मानित गरिएको थियो। सम्मानित हुने शिक्षकहरुमा संध्या  घिमिरे र गिता समाल  लगायत थिए । उनीहरुलाइ प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी समाजसेवी , शिक्षाप्रेमी एवम् नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्य , पूर्व बिधालय ब्यवस्थापन समितीका अध्यक्षहरु प्रेमप्रसाद रेग्मी , लक्ष्मण यादव , कुदरत अलि , समाजसेवी विशेश्वर प्रसाद यादव र बिधालयका अवकाश प्राप्त कर्मचारी सकलदेव यादवलाई सामाजिक तथा शैक्षिक क्षेत्रको समग्र बिकासका साथै बिधालयको प्रगतिमा पुर्याएको योगदानको उच्च  मुल्यांकन गर्दै सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
बिधालयमा कक्षा १ देखि कक्षा १० सम्म प्रथम , दोस्रो र तेस्रो हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
दोस्रो स्व . राजु गौतम क्रिकेट प्रतियोगितामा बिधालयको तर्फबाट सहभागी भइ प्रथम पुरस्कार बिजेता बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक गंगा प्रसाद साहले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक प्रमोद कटुवालले गरेका थिए।