न्यूज टुडे
राजविराज, २२ पुस ।
माया र प्रेमको जालमा फसाइँ गर्भवती बनाएर युवक फरार भएपछी एक बालिका अलपत्र परेकी छिन् । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय राजविराजमा सोमबार पीडित बालिकाले पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेकी हुन् ।
युवक फरार भएको अवस्थामा बालिकाको बच्चा पनि जन्मिएको छ । घट्ना सप्तरी जिल्लाकै हो । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ हाटी निवासी बालिकाले १४ बर्षकै उमेरमा बच्चा जन्मेएकी छिन् ।
छिमेकी रामअवतार मण्डलका २२ बर्षीय छोरा प्रमोदले माया, प्रेमको जालमा पारी गर्भवती बनाएको बालिकाले पत्रकारहरु समक्ष बताएकी छन् ।
नेपाल पत्रकार महासंघ, सप्तरीमा सोमबार आफ्ना वृद्ध आमाबुवासँगै आएकी बालिकाले घरमा कामका लागि राखेर आफ्नो यौन शोषण गरेको बताइन् । ज्याला दिने भन्दै छिमेकी रामअवतार मण्डलले घरमा काम गर्न राखेको बालिकाल्र बताइन् । त्यहीं क्रममा रामअवतारका छोरा प्रमोदले माया, प्रेमको जालमा पारी यौन शोषण गरेको बालिकाको भनाई छ ।
प्रमोदको गर्भ बोकेपछि विवाह गर्ने लोभ देखाएको बालिकाले बताइन् । ‘१५ दिन युवक र उनका परिवारले स्वीकार गरेर घरमा पनि राखे’ बालिकाले भनिन्, ‘घरमा राख्ने क्रममा गालीगलौज र कुटपिट समेत गर्दै घरनिकाला गर्यो ।’
काखे छोरीसहित पत्रकार समक्ष उपस्थित भएकी बालिकाले आफूलाई घरबाट निकाला गरेपछि प्रमोद पनि गाउँबाट भागेको बताइन् ।
यसबारे प्रहरीमा पनि उजुरी दिएको उनले बताइन् । बालिकासहित उनका परिवारले न्याय दिलाइदिन सबै समक्ष आग्रह गरेका छन् ।
न्याय नपाए आफ्नै शरीरमा आगो लगाएर ज्यान दिने बालिकाकी आमाले पत्रकार सम्मेलनमा बताइन् ।