• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनगरमा चौथो क्यारामबोर्ड प्रतियोगिता  

रुपनगरमा चौथो क्यारामबोर्ड प्रतियोगिता  
उत्तम आचार्य 
कञ्चनरुप ,२० पुस ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा शनिबार चौथो  क्यारामबोर्ड प्रतियोगिता आयोजना गरिएको छ । रुपनगर चोक बजार ब्यवस्थापन समिति रुपनगरले क्यारामबोर्ड प्रतियोगिता आयोजना गरेको हो ।
क्यारामबोर्ड प्रतियोगिताको  कञ्चनरुप  नगरपालिका १२ नम्बर वडाका अध्यक्ष देवी बहादुर खत्रीले  उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै खत्रीले खेलाडीहरुको मनोबल बढाउन खेलकुदमा लगानी गरि खेल क्षेत्रको राम्रो बिकास गर्न जरुरी रहेको बताए ।
प्रयोगमा प्रतिस्पर्धा गर्दै सहभागीहरु । फोटो : न्यूज टुडे
१६ जना खेलाडी सहभागी प्रतियोगितामा जयकुमार यादव र बिजय मरिकको जोडी प्रथम  , उपेन्द्र यादव  र मो . साजितको जोडी दोस्रो र शेराज खा र मो . कसिरको जोडी तेस्रो भएका थिए ।
नगद पुरस्कार ग्रहण गर्दै प्रतियोगिता तेस्रो भएका जोडी । फोटो : न्यूज टुडे
बजार ब्यवस्थापन समितिका अध्यक्ष भोला यादवको अध्यक्षतामा आयोजित एक समारोहका वीच सहभागी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु  ४ हजार  ५ सय ,दोस्रो हुनेलाइ रु ३ हजार ५ सय र तेस्रो हुनेलाई रु ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम संचालन स्थानीय रितेश दासले गरेका थिए ।