ब्राह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजका प्रमुख भगवती दिदीले मिडिया भगवानको आँखा र पत्रकारको कलम भगवानको कलम भएकोले पत्रकारले सबैको उद्दार गर्दै आएको बताएकी छिन् ।ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजद्वारा आफ्नै भवनमा बिहीवार आयोजित नेपाल पत्रकार महासंघका विभिन्न पदमा निर्वाचितहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सम्मानित पत्रकारसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै उनले पत्रकारहरुमा संसार बनाउन र भत्काउन सक्ने अद्भुत शक्ति रहेको बताइन् ।
´पत्रकारले संसारलाई बनाउन सक्ने र ध्वस्त पनि पार्ने तागत राख्ने भएकोले अन्य कामसंगै कल्याण गर्न पत्रकारले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।’ उनले भनिन्,’ कर्म योग घर ब्यवहारसंगै राजयोग हरेक व्यक्तिले गर्न आवश्यक रहेको छ ।’
कार्यक्रमका प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आध्यात्मिकले आत्म ज्ञान बढ्छ सम्मान बढ्छ सुदृढीकरण पनि हुने धारणा ब्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साहले बिज्ञान फेल भएको बेला आध्यात्मिककै आश हुने भएकोले आध्यात्मिकमा सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
नेपाल पत्रकार महासंघको अध्यक्ष श्रवण कुमार देवले मन सफा भएमा सबै राम्रो हुन्छ भन्दै प्रत्येक ब्यक्तिले आफूमा सुधार ल्याएर घरब्यबहार संगै आध्यात्मिक ज्ञानमा।पनि समय दिन आवश्यक रहेको बताए ।
भगवती दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य सतिश दत्त,रूवी अधिकारी लगायतले पत्रकारहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संघमा निर्वाचित जिल्ला शाखा अध्यक्ष श्रवण कुमार देव, उपाध्यक्ष सुधा देव,सदस्य बृजमान तामाङ, रक्षा चौधरी, अरुण कुमार यादव, परिष कुमार कर्ण, नर्मदेव यादव लगायतकालाई भगवती दिदीले टीका लगाई गम्छा ओढाएर सम्मान गरिन् ।
यसैगरी राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, प्रदेश परिषद सदस्य गणेशलाल देव, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र यादव लगायतकालाई सेवा केन्द्रका प्रमुख दिदीले टीका, गम्छा ओढाएर सम्मान गरिन् ।
मिडिया प्रभारी प्रमुख पत्रकार दिनानाथ यादवद्वारा संचालित कार्यक्रममा स्वागत मधुसूदनलाल देवले गरे ।