मधेस प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंहले राष्ट्रिय सत्ता साझेदार गठबन्धन दलसँग सहमति गरेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित नवनिर्वाचित पदाधिकारीको पदास्थपना एवम् निवर्तमान कार्यसमितिलाई सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
शुभकामना मन्तव्य व्यक्त गर्दै प्रदेश सभा सदस्य माला कुमारी कर्ण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री सिंहले संविधान संशोधनमा सघाउन जनमत पार्टीसहितका दलले राष्ट्रिय सरकारलाई समर्थन गरेको बताए । उनले संविधान संशोधनका विषयमा सत्ता साझेदार दलसँग सहमति गरेर मात्र अगाडि बढ्नु पर्नेमा जोड दिदै ठूलो दलको दम्भ देखाएर संविधान संशोधन अगाडि बढाए स्विकार्य नहुने बताए ।
प्रमुख अतिथि मुख्यमन्त्री सिंहलाई मायाको चिनो हस्तान्तरण गर्दै महासंघका अध्यक्ष देव । फोटो : न्यूज टुडेनेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य साह र विश्वकर्मा एवम् प्रदेश उपाध्यक्ष दाहाललाई सम्मान गर्दै मुख्यमन्त्री सिंह । फोटो : न्यूज टुडे
‘संविधान संशोधन गर्दा राष्ट्रिय साझेदार सरकार गठबन्धन दलसँग छलफल गरि सहमति जुटाउनुपर्छ’ संविधान संशोधनमा सघाउन राष्ट्रिय सत्ता साझेदार गठबन्धनलाई समर्थन दिएका हौं’ मुख्यमन्त्री सिंहले भने,’संविधान संशोधनको विषयमा एकलौटी किसिमले दुइदल अगाडि बढे स्विकार्नु सकिन्न।’
संविधान घोषणा गर्दा मधेसमा ब्याक आउट भएको स्मरण गराउँदै मुख्यमन्त्री सिंहले संविधान संशोधनका नाममा प्राप्त उपलब्धि खोस्ने प्रयास गरिए यसको ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।
मुख्यमन्त्री सिंहले पत्रकारहरूका लागि निरन्तर सहयोग गर्दै आएको भन्दै पत्रकारको बृत्ती बिकासका लागि आफु गम्भीर रहेकाे बताए । उनले भर्खरै मधेश प्रदेशका पत्रकारहरूलाई १ लाखकाे स्वास्थ्य बिमा र ७ लाखकाे दुर्घटना बिमा लागु गरेकाे उल्लेख गरे ।
यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशकाे कार्यालय भवन निर्माणका लागि रू. ८० लाख पारित गरेकाे जानकारी दिदै उनले पत्रकारहरूकाे अनुराेधलाई आत्मसात गर्दै पत्रकारहरूकाे हीत अनुकुल अक्षयकाेषकाे समेत ब्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । पत्रकारहरूले जहिलेपनि नकरात्मक साेचबाट प्रेरित नभई सकरात्मक बिचार, भावना राखेर समाचार सम्प्रेषण गरिदिन उनले आग्रह गरे ।
‘अहिले मधेश प्रदेश सरकारले एक सय एक काम गरेकाे छ, जहाँ राम्राे काम भईरहेका छन् र हुँदै छन् त्यता तर्फपनि तपाइहरूकाे ध्यान जान जरूरी छ’ उनले भने, प्रदेश सरकारले निष्पक्ष ढंगबाट काम गर्ने छ, म बिश्वास दिलाउछु ।’
अहिले ६४ वटा निर्वाचन क्षेत्रमा कालाे पत्रेका लागि रकम बिनियाेजन भइसकेकाे बताउँदै उनले सम्बन्धित क्षेत्रले ताेकेकाे बाटाे, सडकमा ५ किलाे मिटर कालाे पत्रे बन्ने र त्यसको लागी एक हप्ता भित्र टेण्डर प्रक्रिया अगाडि बढ्ने दाबी गरे ।