श्रीपुर्राज सामुदायिक विकास केन्द्र सुरुङ्गा नगरपालिका ६ सप्तरीको बार्षिक कार्यक्रम समिक्षा बैठक सम्पन्न भएको छ । संस्थाको कोषाध्यक्ष धनजीत कुमार भगतको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा राजविराजमा मंगलबार आयोजित एक समारोहका वीच समिक्षा बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस प्रमुख साह । फोटो : न्यूज टुडे
कार्यक्रममा प्रमुख अतिथि साह, पूर्व विधायक असर्फी सदा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मधु सदालगायतकाले मन्तव्य व्यक्त गर्दै संस्थाले हरवा-चरवाको अधिकार सुनिश्चितताको लागि गरेको योगदानको प्रशंसा गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरतामा जोड दिए ।
कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक मनोज गौतमले द फ्रीडम फण्डको सहयोगमा संस्थाले हरव चरवाको पक्षमा गरेको कार्यसहितको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले हरवा चरवाको अस्तित्वको पहिचान, अधिकार प्राप्ति नै हाम्रो अभियान रहेको भन्दै सरोकारवालाहरुलाई आवश्यक सहयोगका लागि आग्रह गरे ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका हरवा चरवा सहजकर्ता विजुली रामद्वारा संचालित कार्यक्रममा स्वागत संचालक समिति सदस्य दिनेश चौधरीले गरे ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकाकी कार्यबाहक मेयर अनिता देवी चौधरीसहित जनप्रतिनिधि, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतका हरवा चरवाको क्षेत्रमा सक्रिय अभियानताहरुको सहभागीता रहेको थियो ।