• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
न्यूज टुडे
राजविराज, १० पुस । 
अपाङ्गता भएका व्यक्तीहरुहरुलाई सरकारी तथा नीजी क्ष्रेत्रबाट दिइने सुविधामा प्राथमिकतामा राख्नुपर्ने राजविराजमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।सबल नेपाल ,सेभ द चिल्ड्रेनको सहयोग तथा सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय सरोकारवाला वीच अपाङ्गता सवालमा अन्तरक्रिया संवाद कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् । 
कार्यक्रममा बोल्दै जिसस सप्तरीका प्रमुख शिव नारायण साह ।फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै वक्ताहरूले अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखी सम्मान पूर्वक सेवासुविधा दिनुपर्नेमा जोड दिए । उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अनुसारको राज्यको हरेक तहमा प्रतिनिधित्व गराई  रोजगारीमा जोड्नुपर्ने आवश्यकता औल्याए । बक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई अग्रणी स्थानमा राखेर सेवासुविधा प्रदानका लागि आ-आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले राज्यको नीति अनुसार पाउने सेवासुविधाबाट बन्चित हुनुपरेको गुनासो गरे ।  कानूनको फितलो कार्यान्वयनले संविधानमा व्यवस्था भएको सरकारी तथा गैरसरकारी संस्था एवम् सार्वजनिक स्थानबाट तोकिएको सुविधा समेत नपाएको उनीहरुले बताए । सार्वजनिक बस तघा सवारी साधनमा अपाङ्ग सिट लेखिएपनि प्रयोग भने अरुले नै गर्ने गरेको स्मरण गराउँदै उनीहरुले सिटसंगै सार्वजनिक सवारी साधनमा अपाङ्गता भएको व्यक्तिलाई विशेष सुविधा र भाडा छुटका लागि पहल गरिदिन सरोकारवालाहरुलाई आग्रह गरे । 
सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीका अध्यक्ष वलदेव मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा  प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह,  सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा,  सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव, शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख रुपराम निरौला,नेपाल बैंकका टीका प्रसाद कोइराला,तिलाठी भन्सार कार्यालय राजविराजका सत्य नारायण सिंह, राजविराज विमान स्थलका श्रवण कुमार महतो, सगरमाथामा अपाङ्ग कल्याण संघ सप्तरीका सल्लाहकार उमेश कुमार चौधरीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।
सप्तरी अपाङ्ग संघका सचिव रामचन्द्र यादवद्वारा संचालित कार्यक्रममा स्वागत सगरमाथामा अपाङ्ग कल्याण संघ सप्तरीका सदस्य शिव प्रसाद यादवले गरे ।
कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, बैंकका प्रतिनिधि तथा सप्तरीका विभिन्न गाउँपालिका, नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति थियो ।
 
उक्त अवसरमा अपाङ्गता भएको व्यक्तिको समस्या समाधानका लागि नगरपालिका तथा गाउँपालिकासाथै  सरोकारवाला सबैको ध्यानाकर्षण गराउने ज्ञापनपत्र जिसस प्रमुख  साहलाई बुझाइएको थियो ।