२०८० माघ ८ गते राजविराज १३ स्थित विसहरियामा २६ विघा क्षेत्रफलमा भवन शिलान्यासको विषयलाई लिएर भएको विवादको प्रतिशोध साध्न जनमत नेतृत्वको सरकारले नियतबस विश्वविद्यालयमा आर्थिक संकट उत्पन्न गराएको उनको भनाइ छ । विभिन्न छानबिन तथा बहानाबाजी गरी विश्वविद्यालयलाई समाप्त पार्ने खेलमा जनमत नेतृत्वको सरकार सक्रिय देखिएको अध्यक्ष यादवले बताए ।
उक्त विश्वविद्यालय कृषि स्नातक पहिलो र दोश्रो बर्ष गरि १ सय जना विद्यार्थी अध्यनरत छन् । बजेट अभावले पठनपाठन समेत प्रभावित भएको विश्वविद्यालयले जनाएका छन् ।
प्रदेशभरी ५ स्थानमा क्याम्पस स्थापना गरि पढाइ गर्ने अवधारणा रहेको विश्वविद्यालयको सप्तरीको राजविराजमा २६ बिघा, रुपनी गाउँपालिकामा १२ विघा , अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा १२ विघा, बाराको सिम्रनगढमा १४ बिघा र महोत्तरीको बर्दिवासमा ५१ विघा जग्गा विश्वविद्यालयले प्राप्त गरिसकेको जनाएको छ ।
आर्थिक अभावले राजविराजमा निर्माणाधीन अवस्थामा रहेको भवनका कार्य पनि पूर्ण प्रभावित भएको छ ।
विश्वविद्यालयमा मुख्यमन्त्री कुलपति, शिक्षा तथा संस्कृति मन्त्री सहकुलपति र सरकारले नियुक्त गरेको उपकुलपति र रजिस्टार रहने व्यवस्था छ ।