• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लागूऔषध विरुद्ध एसपी खतिवडा एक्सनमा, पुनः ठुलो परिणाममा गाँजा नियन्त्रण

लागूऔषध विरुद्ध एसपी खतिवडा एक्सनमा, पुनः ठुलो परिणाममा गाँजा नियन्त्रण
न्यूज टुडे
राजविराज, ०८ पुस । 
सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी एसपी ढकेन्द्र खतिवडाले सम्हालेदेखि ठुलो परिणाममा लागूऔषध गाँजा धमाधम बरामद हुन थालेको छ।  यसअघि पटकपटक लागूऔषध गाँजा पक्राउ गरेका सप्तरी प्रहरीले पुनः ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएको हो । 
सप्तरीका प्रहरी प्रबक्ता तथा सूचना अधिकारी डिएसपी जितेन्द्र कुमार बस्नेतले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै १ सय किलो लागूऔषध गाँज बरामद गरेको जनाएका छन् । पुस ४ गते  सप्तरीको बलानविहुल गाउँपालिका वडा नम्बर ६ शेहरा भन्दा १ किलो मीटर पूर्व स्थित नेपालबाट भारततर्फ अबैध रुपमा लुकाई छिपाई लादै गरेको अवस्थामा गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि बोराहरु सोही स्थानमा छोडी मानिसहरु भारततर्फ भागेको प्रहरीले जनाएको छ ।  बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र १ सय किलो लागूऔषध गाँजा बरामद भएको र उक्त गाँजा नियन्त्रणमा लिइ आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 
यसअघि प्रहरीले राजगढ गाउँपालिकाबाट १७ क्वीन्टल, कञ्चनरुप तथा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए । एसपी खतिवडा र डिएसपी बस्नेतले जिम्मेवारी सम्हाल्नसाथ अबैध लागूऔषध गाँजा धमाधम पक्राउ पर्न थालेका छन् ।