• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धि बृहत छलफल

सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धि बृहत छलफल
न्यूज टुडे
राजविराज, ०२ पुस ।  
सप्तरीको सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धी बृहत छलफल भएको छ । मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा मंगलबार आयोजित एक कार्यक्रमको वीच नीति आयोगका सदस्यहरुसंग छलफल गरिएको हो ।
मधेश प्रदेश नीति आयोगका सदस्यहरुको उपस्थितिमा “सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धी छलफल कार्यक्रम “सम्पन्न भएको गृह सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ । 
मधेश प्रदेशका गृह मन्त्री लेखीले निरन्तर रुपमा सप्तरीको सप्तकोसी नगरपालिकादेखि हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा अवस्थित कोशी टप्पु बन्यजन्तु आरक्षसंग जोडिएका क्षेत्रहरुलाई पर्यटकीय करिडोरको रुपमा बिकास गरिनुपर्ने मागसहित प्रदेश सरकार,प्रदेश सभा र नीति आयोगलाई दवाब दिदै आएका थिए ।  
मन्त्री लेखीको अथक प्रयासको फलस्वरुप “सप्तकोसी मेगा प्रोजेक्ट” को बिषयमा मंगलबार मन्त्रालयको सभा कक्षमा बैठकबसी बृहत रुपमा छलफल भएको जनाइएको छ ।
“तत्कालको सप्तकोसी नगरपालिकाको क्षेत्रलाई आधार मानी पर्यटकिय पुर्वाधार निर्माणको कार्य संचालन हुनेछ साथै क्रमश:  कञ्चनरुप नगरपालिका हुँदै हनुमाननगर कंकालिनी नगरपालिकाको क्षेत्रहरुलाई समेट्दै पर्यटकीय करिडोरको कार्य अघि बढ्ने सप्तकोसी मेगा प्रोजेक्टको बिषयमा गृह,सञ्चार तथा कानुन मन्त्री  लेखीले जानकारी गराएका थिए ।
छलफल कार्यक्रममा नीति आयोगका सदस्यहरुले  सप्तकोसी मेगा प्रोजेक्टको बारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए।