न्यूज टुडे
राजविराज, ०२ पुस ।
सप्तरी प्रहरीले सक्रियता बढाएसंगै विभिन्न मुद्दामा दोषी ठहर भइ फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुले २१ जना विभिन्न मुद्दाको प्रतिवादीलाई नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चोरी, कुटपिट, जालसाजी,अपराधिक उपद्रव,चेक अनादर,गाली वेईज्जती, डाँका मुद्दा,कुटपिट अंगभंग, गर्भपतन , चोरी चौपाया कसुर मुद्दाका २१ जना फरार प्रतिवादी पक्राउ गरीएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार ५ महिना १० दिन कैद र ७ हजार जरिवाना तोकिएका अपराधिक उपद्रव, मुद्दाका महदेवा ६ का रघु भन्ने विसमबव सदा, ४५ दिन जेल सजाय भएका चेक अनदार मुद्दाका राजविराज नगरपालिका ५ का चन्दन सिंह, १ महिना कैद र १ हजार जरिवाना कुटपिट लुटपाट मुद्दाका बोदेबर्साईन १ का राजेश कुमार यादव, सोही ठाउँका रघु भन्ने रघुनात, मुद्दा सम्बन्धि कसुरमा २ महिना कैद १५ हजार जरीवाना तोकिएको सोही नगरपालिका ३ का रमेश कुमार रजक, १ महिना १५ दिन कैद र २ हजार रुपैया जरिवाना तोकिएको चोरी चौपाया कसुरका सोही नगरपालिका ५ का दिपेन कुमार साह, सोही मुद्दामा ३ महिना २ दिन कैद र ३ हजार जरिवाना तोकिएका सुरुङ्गा १ का विमल विश्वकर्मा,२ महिना १४ दिन कैद र ५ हजार जरिवाना तोकिएका कुटपिट अंगभंग मुद्दाका कञ्चनरुप ५ का भरत प्रसाद साह पक्राउ गरेका छन् ।
यसैगरी गाली वेईज्जती कुटपिट मुद्दाका ३ हजार जरिवाना तोकिएका विष्णुपुर ३ का सिरिती सदा, किरण कुमारी सादा,गुलाव देवी सादा, २ महिना ५ दिन कैद ५ हजार जरिवाना तोकिएका डाँका मुद्दाका महवेवा १ का मो.जवाहार जब्बर खान, मो. सकिम पडरिया,९ दिन कैद र १ हजार जरिवाना तोकिएका छिन्नमस्ता ३का रामसुन्दर यादव,२ महिना ४ दिन कैद र ५ हजार जरिवाना तोकिएका बोदेबर्साइन ५ का सिताराम दास, २५ दिन कैद र ३ हजार जरिवाना तोकिएका गर्भपतन मुद्दाका तिलाठीकोइलाडी ४ का श्रीराम भन्ने शिवेन्द्र मण्डल, ७ सय जरिवाना तोकिएका कुटपिट मुद्दाका तिरुहुत १ का रामसेवक सुतिहार शर्मा, ५ सय जरिवाना तोकिएका सोही स्थानका अमोलीदेवी सुतिहार,१२.५० जरिवाना तोकोएका रुपनी ३ का दुर्गानन्द चौधरी,शिवनारायण खंग पक्राउ परेका छन् ।
उनीहरुलाई रु १२.५० रुपैयाँदेखि हजार देखि १५ हजारसम्म जरिवाना तोकिएको छ । ऊनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि मंगलबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका अधिकृत प्रहरी निरीक्षक मनिष श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सप्तरीमा प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा र डिएसपी जितेन्द्र कुमार बस्नेत आएपछि विभिन्न मुद्दाका फरार प्रतिवादी तथा चोरी तस्करी तथा अपराधिक क्रियाकलापमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।