सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ सितापुरमा संचालित प्रथम वडा अध्यक्ष पच शिल्ड फुटबल प्रतियोगिताको उपाधि श्री नव दुर्गा युवा क्लब मोहनपुर हरकट्टीले हात पारेको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ को आयोजना तथा अग्नीसाईर युवा क्लबको सह आयोजनामा इटहर्वा खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा गेड सिंह युव क्लब चिम्टी अगाडिलाई ट्राइवेकरमा पराजित गर्दै मोहनपुर हरकट्टीले उपाधिमाथि कब्जा जमाएको हो ।
उपविजेता टिमका कप्तानलाई पुरस्कार प्रदान गर्दै वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी । फोटो : न्यूज ट्य्डे
दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको खेलमा निर्धारित ६० मीनेटको खेल अवधिमा गोल नभएपछि पलान्टीमार्फत खेलको छिनोफानो गरिएको आयोजक समितिकी कोषाध्यक्ष संतोषी कुमारी चौधरीले जानकारी दिइन् । गेड सिंह युव क्लब चिम्टी अगाडिका खेलाडीले प्रहार गरेको ३ वटै गोल मोहनपुर हरकट्टीक गोलरक्षकले छेकेपछी ०- ३ गोलले जित हासिल गरेको उनले बताइन् ।
फुटबल प्रतियोगिता समापन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
अग्नीसाइर युवा क्लब वडा नम्बर २ का अध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका वीच प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, अग्नीसाइर कृष्णासवरन वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष तेजनारायण यादव र आयोजक समितिका पदाधिकारीहरुले विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
प्रतियोगितामा विजेता टिमलाई रु २५ हजार र उपविजेता टिमलाई रु १५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरीएको आयोजक समितीकी सचिव लक्ष्मीदेवी यादवले जानकारी दिइन् ।
रेफ्रीलाई बल हस्तान्तरण गर्दै तथा खेलाडीहरुसंग परिचय गर्दै प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
खेल समापन समारोहमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारु, पत्रकार बृजमान तामाङ,कार्यपालिका सदस्य श्रीकुमारी चौधरी,शोभा चौधरीलगायतका कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन चर्चित कार्यक्रम प्रस्तोता प्रविण कुमार चौधरीले गरेका थिए ।
प्रतियोगितामा गेड सिंह युव क्लब चिम्टी अगाडि, डाँफे युवा क्लब सिद्धपुर फत्तेपुर, महुली मोहनपुर एफसी महुली, शम्भुनाथ युवा क्लब शम्भुनाथ, अग्नीसाइर युवा क्लब वडा नम्बर २, श्री नव दुर्गा युवा क्लब मोहनपुर हरकट्टी, एमसीसी युव क्लब समशेरपुर धाती, श्री भुवनदास युवा क्लब भुवनपट्टी गरि ८ वटा टिम सहभागी जनाएका थिए ।