नर्मदेव यादव
राजविराज, ३० मंसिर ।
मिटर ब्याज किसान मजदुर आन्दोलन नेपाल सप्तरीको राजबिराजमा कार्यलय स्थापना गरिएको छ। जिल्ला समितिद्वारा राजविराजमा आइतबार आयोजित एक समारोहका वीच केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले रिवन काटेर जिल्ला कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि कुशवाहाले अहिले हामी सबैको आन्दोलनबाट प्राप्त उपलब्धी समेतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै सचेत रहन आग्रह गरे । उनले पिडितलाई थप पिडित बनाउन लागेकोले अधिकारका लागि अन्तिम लडाई लड्ने समय आएको उल्लेख गरे ।
अबको आन्दोलन न्यायपालिका कार्यपालिका ब्यब्स्थापिका तिनै तहको विरुद्ध लड्नुपर्नेमा जोड दिदै अध्यक्ष कुशवाहाले आयोग बन्यो कार्यबिधी बन्यो कानून बनाउन आयोगद्वरा प्रस्ताव गर्दा अन्तिममा वर्तमान सरकारले समाप्त पार्न लागेको दावी गरे ।
‘अदालतले आदेश दिन्छ,प्रहरीले ड्न्डा लिएर खेद्न पुग्छ। त्यसकारणले अब ज्यानको प्रवाह नगरी घर-घरबाट निस्केर आन्दोलनमा होमिन अह्वान गर्दछु,’ अध्यक्ष कुशवाहाले भने,’हाम्रो भोटबाट जितेर गएको सांसदहरु हाम्रो करबाट तलव खाएर बालबच्चाहरु सम्मेतलाई पाल्छ।तर हामीले भोगिरहेको दुखलाई कोइ बुझ्न तयार नभएकोले अब आन्दोलनको बिकल्प छैन ।’
केन्द्रिय महासचिहरु मनोज पासवानले अदालतको आदेश कार्यान्वयनका लागि प्रहरीको दमन विरुद्ध एकजुट भएर लड्ने बेला आएको बताए ।