• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमतको गाउँ-गाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम

जनमतको गाउँ-गाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम
रामनाथ यादव
राजविराज , २९ मंसिर ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर ६ र ७ मा जनतासंग जनप्रतिनिधि कार्यक्रमकाे आयाेजना गरिएको छ । जनमत पार्टीद्वारा जनताको गुनासो र समस्या सुन्न कार्यक्रमको आयोजना गरेको हो । 
डा. सिके राउतसंग भेटघाट गर्दै तिलाठी कोइलाडीबासी । फोटो : न्यूज टुडे
कार्यक्रम अन्तर्गत तिलाठी काेइलाडी गाउँपालिकाकाे वडा नम्बर ६ वभनगामा ,काे मधेपुरा र वाड नम्बर ७ सडेपार , मंसापुरमा शनिबार विभिन्न गाउँ र टाेलटाेलमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष  डा. सिके राउत, मधेस प्रदेसका मुख्यमन्त्री शतिष कुमार सिंह, पूर्वमन्त्री महेश प्रसाद यादव,हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी , राष्ट्रिय नीति आयोगका सदस्य  जयकान्त राउत , रामजिवन साह लगायतहरुकाे सहभागितामा रहेकाे थियाे ।
गाउँ पुगेका अध्यक्ष डा. राउत नेतृत्वका उच्च पदस्थ व्यक्तिहरु समक्ष मावि वभनगामाकट्टीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव, दशरथ यादव, रामवावु यादव,राजनारायण ठाकुर , हरेराम राय लयागतले गाउँ ,जिल्ला भित्र रहेका समस्याहरु समाधानमा जनप्रतिनिधिहरुले चासो नदिएको भन्दै गुनासो गरे ।
मुख्यमन्त्री सिंहले अहिले किसानहरुका लागि मलखाद , गँहु बीउ विजन ,पानीको सिचाइ , वाटाेघाटाे विभिन्न याेजनाहरुका लागि सप्तरीमा अढाई कराेड वजेटकाे याेजना पारेकाे बताए ।  उनले संघमा अहिले नेपाली काँग्रेस र एमाले पार्टीको सरकार हुँदा चाहेर पनि जनताको आकाँक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै  केन्द्रमा एक जनालाई मात्र जिताएर पठाएकाले जनअपेक्षा पूरा गर्न केन्द्रमा समेत जनमत पार्टी नेतृत्वको सरकार अपरिहार्य हुने बताए । 
वहुमत नभएको कारण विकासीय कामहरु जनतासमक्ष ल्याउन समस्या रहेकाे मुख्यमन्त्री सिंहको स्वीकारयुक्ति थियो । 
उनले ज्येष्ठ नागरिक,एकल महिला, अपाङ्गका लागि ५ वडाका जनताहरुका सुविधाको लागि मंसापुरमा वैक संचालन गरिने प्रतिवद्वता व्यक्त गरे । 
प्रदेश सरकारले लाेक सेवा गठन गरियो ,तर परीक्षा पेन्डिङमा राखेकाे हुँदा वेराेजगारीहरुकाे समस्या चरम उत्कर्षमा पुगेको उनले जिकिर गरे ।
कार्यक्रम संचालन जनमत पार्टीका ऋषिकेश ठाकुरले गरेका थिए ।