• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार महासंघ सप्तरीको मतदान सम्पन्न, मतगणना सुरु

पत्रकार महासंघ सप्तरीको मतदान सम्पन्न, मतगणना सुरु
न्यूज टुडे
राजविराज, २८ मंसिर ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको मतदान सम्पन्न भएको छ । केन्द्र, प्रदेश र जिल्ला नेतृत्व चयनका लागि राजविराजमा शुक्रबार १० बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सम्पन्न भएको हो । 
मतपत्र पट्याउँदै प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झासहित अधिकृतहरु । फोटो : न्यूज टुडे
कुल ८५ मतदाता रहेको सप्तरी शाखाबाट ८४ मत खसेको प्रमुख जिल्ला निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए । मतगणनाका लागि सर्वपक्षीय बैठक पछि मतगणना सुरु भएको उनले जानकारी दिए । 

नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्षमा श्रावण कुमार देव र  बैद्यानाथ यादवले उम्मेदवारी दिएका थिए।  नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा  बुधबार २५ पदका लागि अध्यक्षसहित ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। 

अध्यक्षमा श्रवण कुमार देव,  बैधनाथ यादव, उपाध्यक्षमा  रामनारायण विश्वास, अनिल पोखरेल, महिला उपाध्यक्षमा सुधा देव, मञ्जु यादव, सचिबमा जितेन्द्र कुमार झा, खगेन्द्र कार्की, सह सचिब दिनानाथ यादव, कृष्ण कुमार मण्डल धानुक, सह सचिब समाबेशी विद्यानन्द राम, डम्बर राई, कोषाध्यक्षमा नवीन कुमार गुप्ता, गोपाल गुप्ताको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्य आदिवासी जनजाति बृजमान तामाङ, निरज कुमार मण्डल, अल्पसंख्यक भूषण कुमार सिंह, परिष कर्ण, मधेशी कृष्णदेव यादव, अरुण कुमार यादव, महिला सदस्यमा  रक्षा चौधरी र दलित सदस्यमा किशोर कुमार पासवानको उम्मेदवारी परेको छ । 

यसैगरी खुल्ला सदस्यमा शिव आचार्य, उत्तम आचार्य, नर्मदेव यादव, रामनारायण यादव, धर्मपाल राउत, राजेन्द्र मिश्र, विन्दु कुमार यादव, गंगा प्रसाद साह रहेका छन् । 

केन्द्रीय परिषद सदस्य देवराम यादव, सुमन मिश्र, मनोज कुमार माझी, धमला भट्टराई, सतिष कुमार दत्त र प्रदेश परिषद सदस्य भुपेन्द्र प्रसाद मण्डल, आनन्द मोहन शर्मा, महेन्द्र प्रसाद मण्डल, अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र प्रसाद यादव, पवन कुमार मिश्र, गणेशलाल देव रहेका छन् ।