• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मलखादमा कालोबजारी,नियमनकारी निकाय मौन

मलखादमा कालोबजारी,नियमनकारी निकाय मौन
रामनाथ यादव 
राजविराज , २२ मंसिर । 
सप्तरीमा मलखादकाे खुलेआम कालाेवजारी भइरहेको छ । प्रतिबोरा दुई हजार ६७ रुपैयामा पाइने मल ३८ सयसम्ममा बेच्ने गरेको पाइएको हो ।
मलमा चरम कालोबजारी हुँदा समेत सम्वन्धित निकाय  माैन देखिंदा किसानहरु आक्राेसित भएका छन् । कृषि सामग्री संस्थान र पालिका अन्तर्गत रहेका कृषि विकास  शाखाहरुद्वारा तोकिएको मुल्य विपरीत  व्यापारीहरुले मलखाद विक्री गरेर कालोबजारी गरिरहेको किसानहरुकाे आराेप छ। किसानका लागि ल्याइएको मलखाद कृषि सामग्री संस्थान , सहकारी, डिलरहरु र  संस्थानकै मिलेमतोमा  मलमा कालोबजारी भइरहेको किसानहरु बताउछन्। मलखादमा भइरहेको कालोबजारीका कारण आफुहरु  मारमा परेको उनीहरुको दुखेसो छ ।
‘किसानहरुले गँहु खेती , दलहन , तेलहन , तरकारी खेतीकाे समयमा मलखादकाे अझ समस्या खेप्दै आएका छन्’,तिलाठी काेइलाडी गाउँपालिका ६ का खुसर यादवले भने, ‘यता  व्यापारीहरुले मनपरि ढंगवाट मलखादमा खुलेआम  कालाेवजारी गरिरहेको छ।’
अनुगमन नगर्नुले मिलेमतोमा मलखादमा खुलेआाम  कालाेवजारी गरिएको भनी अनुमान गर्न सकिने तिलाठी काेइलाडी गाउँपालिका ६ का विताइ ठाकुर ,शिवनाथ यादव,भगवती यादव लगायतका किसानहरुकाे  आराेप रहेकाे छ ।
तिलाठी काेइलाडी गाउँपालिका ६ का सहकारी संचालक रामप्रसाद मण्डलले माग अनुसार मलखाद आपूर्ति नहुँदा मलखादमा चलखेल भइरहेको बताए । उनले संस्थानका कर्मचारी र व्यापारीको मिलोमतोका कारण किसानले समयमा मलखाद पाउन नसकेको आरोप लगाए ।मलखाद अभावका कारण किसानहरुले बढी मूल्यमा खरिद गर्न बाध्य भएको उनको भनाइ छ ।
वडा नम्बर ६ का सहकारीले ७ नम्बर वडामा मलखाद राखेर विक्री वितरण  गरिरहेको  स्थानीय हिराइ यादवले वताए । उनले सेटिङमा भएको यस्ता कार्यले वडाबासीले समस्या खेपिरहेका गुनासो गरे ।  सप्तरीमा गँहु खेती , धान खेतीकाे समयमा  मलखादको अभाव रहँदै आएको स्थानीय वेचन यादवले दुखेसो सुनाए  । 
स्रोतका अनुसार संस्थान प्रमुख र व्यापारीको सेटिङ्गमा मलखादमा अनियमितता बढेको हो । सहकारी र डिलरहरुले मलखाद खरिद गरेर उनीहरुले किसानलाई मनपरी मूल्यमा बिक्री वितरण गर्ने गरेको स्थानीय  किसान मनाेज कुमार यादवले बताए । माग अनुसारकाे मल आउन नसकेको भन्दै कृतिम अभाव देखाएर सहकारी र डिलरहरुले चर्को मूल्यमा बेच्ने गरेको उनको आरोप छ ।
प्रतिबोरा ८  सय रुपैयाँमा पाउने युरिया मल १ हजार २ सयदेखि १ हजार ३ सय र २ हजार ६७ मा पाउने अनुदानको डिएपी मल २ हजार ५ सय रुपैयाँ देखि ३हजार ८ सय  सम्ममा व्यापारीहरुले बेचेर कालोबजारी गरिरहेको  स्थानीय दशरथ यादवकाे बताए ।
गँहुबाली लगाउने समयमा मलखाद नपाएर किसानहरु चर्को मूल्यमा खरिद गर्न बाध्य भएको तिलाठी काेइलाडी गाउँपालिका  ७  का किसान देव नारायण साहको भनाइ छ।
कृषि सामग्री संस्थान राजविराज सप्तरीका प्रमुख सुनुलाल मुरमुले डिएपी मल  २५ सय भन्दा वढी वेच्न नपाउने बताए । कुनै पनि व्यापारीसँग आफ्नो सेटिङ्ग नरहेको र मलखादमा हुने गरेको कालोबजारी नियन्त्रण गर्ने तथा बजार अनुगमन गर्ने अधिकार स्थानीय प्रशासनको रहेको उनको भनाइ छ ।
प्रशासन स्रोतका अनुसार संस्थानबाट सहकारीमार्फत प्राप्त हुने  मलखाद किसानसम्म पुग्यो कि पुगेन भनेर विश्वस्त हुन मलखाद लिने किसानको नामावली र हस्ताक्षरसहितको भर्पाइ पेश गर्नु पर्दछ । सप्तरीमा अधिकांश सहकारी संचालकहरुले अनुदानमा आएको मलखाद मनपरी भाउँमा बिक्री गर्ने र पछि नक्कली किसानको नाम लेखेर संस्थानमा पेश गर्ने गरेको किसानको गुनासो छ ।