• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शिक्षामा मातृभाषा अनिवार्य गर्नुपर्नेमा जोड

शिक्षामा मातृभाषा अनिवार्य गर्नुपर्नेमा जोड
न्यूज टुडे
राजविराज, १९ कात्तिक । 
शिक्षामा मातृभाषा अनिवार्य गराउनुपर्ने राजविराजमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरूले जोड दिएका छन् । इन्टेक्चुअल फाउन्डेसनद्वारा सप्तरीको राजविराजमा आयोजित “शिक्षामे मातृभाषाक आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले शिक्षामा मातृभाषा अनिवार्य गर्नुपर्ने जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै बक्ताहरुले सबैजातजातिले बोल्ने मातृभाषाको जगेर्नाका लागि शिक्षामा मातृभाषा अपरिहार्य रहेको विचार व्यक्त गरे । उनीहरुले मातृभाषा शिक्षा कार्यान्वयनमा स्थानीय सरकारको भुमिका अनिवार्य  हुने जिकिर गरे । मातृभाषाको विकास र संरक्षणका लागी शिक्षामा मातृभाषा अनिवार्य लागू गर्नुपर्ने उनीहरुको जोड थियो । 
इन्टेक्चुअल फाउन्डेसनका अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य डा. सूर्यप्रसाद यादवको अध्यक्षता तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व रजिस्टार डा. पिताम्बर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, सिरहा क्याम्पसका पूर्व प्रमुख प्र. डा. रामखेलावन यादव, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षा प्रमुख योगेन्द्र प्रसाद यादव,मिलाफकी अध्यक्ष रमिलादेवी साह,अधिवक्ता संगीता मण्डल,शिक्षक शिव कुमार यादव लगायतकाले समेत धारणा राखे । 
शिक्षक दिलिप यादवद्वारा संचालित कार्यक्रममा स्वागत मधेस प्रज्ञा प्रतिष्ठान संचालक समिति सदस्य दिनेश प्रसाद यादवले गरे भने राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र कुमार यादवले शिक्षामा मातृभाषाको आवश्यकता बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।