• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

रुपनीमा चौथो अध्यक्ष कप क्रीकेट प्रतियोगिता सुरु 

रुपनीमा चौथो अध्यक्ष कप क्रीकेट प्रतियोगिता सुरु 

नर्मदेव यादव

रुपनी,१६ कात्तिक । 
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा चौथो अध्यक्ष कप क्रीकेट प्रतियोगिता सुरु भएको छ । रुपनी गाउँपालिकाको आर्थिक सहयोगमा राइजिङ्ग युथ नेपाल सप्तरी रुपनीद्वारा आयोजित क्रीकेट प्रतियोगिताको एक समारोहका वीच शुक्रबार उद्घाटन गरिएको हो । 
खेलाडीहरुसंग हात मिलाएर परिचय गर्दै साँसद यादव । फोटो : न्यूज टुडे
आयोजक समितिका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवले रिवन काटेर उद्घाटन गरे । 
उद्घाटन समारोहमा जिल्ला समन्वय समिति अध्यक्ष शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी,रुपनी गाउँपालिकाका प्रसाशकिय अधिकृत तारणी प्रसाद यादव, वडा नम्बर १ का अध्यक्ष लिला यादव,शम्भुनाथ नगरपालिका २ का वडा अध्यक्ष दुर्गानन्द भगतको उपस्थिति रहेको थियो । 
यसैगरी माओवादी केन्द्रका युवा नेता हरि महतो,नेपाली काङ्ग्रेसका कृष्णदेव यादव,जिल्ला सदस्य मुखिलाल यादव,गजेन्द्र यादव,अभिन्न्दन यादव,सन्तोष यादव,मो अरुप मियाँ,प्रदिप कुमार यादव,कैलाश लौगी ,निर्मल यादव,जसपा नेपालका जिल्ला सदस्य लाल बहादुर महतो,बिन्दालाल यादव,समाजसेवि सत्यनारायण यादव,मो.जहुरी राइन, बसन्त यादवलगायत विभिन्न पार्टीका स्थानीय नेता, युवा ,बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । 
स्थानीय रुपनी १ स्थित खाँडो खोला खेलमैदानमा कात्तिक १६ देखि २७ गते सम्म संचालन हुने क्रीकेट प्रतियोगितामा विभिन्न जिल्लाका गरी ११ वटा टिमले सहभागीता जनाएको आयोजकले जनाएको छ।