• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बाँकेमा ५ जना सहयाेगापेक्षी मानवहरुकाे उद्धार

बाँकेमा ५ जना सहयाेगापेक्षी मानवहरुकाे उद्धार
न्यूज टुडे
राजविराज १३ कात्तिक ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे १६ औ दिन मंगलबार बाँके जिल्लामा ५ जनाकाे उद्धार भएकाे छ । “यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय उद्धार यात्रा सुरुकाे भएकाे हाे ।
राष्ट्रिय उद्धार यात्राका क्रममा बाँके जिल्लाका विभिन्न स्थानीय पालिकाहरुबाट ५ जनाकाे उद्धार भएकाे छ ।  जसमध्ये नेपालगञ्ज उपमहानगरपालिका- १८ बाट २ जना, काेहलपुर नगरपालिका-११ बाट १ जना, जानकी गाउँपालिका-६ बाट १ जना र बैजनाथ गाउँपालिका-१ बाट १ जना सडकमानवहरुकाे उद्धार गरिएकाे हाे ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा मंगलबार बाँके आइपुग्दासम्म १ सय ३९ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । 
मेची- महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत  उद्धार गरिएका १ सय ६ जना पुरुष र ३३ जना महिलाकाे सङ्ख्या रहेकाे  उनले बताए  । 
मंगलबारबार  विभिन्न स्थानबाट उद्धार भएका ५ जनालाई मानवसेवा आश्रम सुर्खेतकाे वीरेन्द्रनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएकाे  छ । उद्धार टाेलीले मंगलबार नेपालगञ्ज र काेहलपुर क्षेत्र वरपरका सडकसेवा सम्पन्न गरि यात्रीहरु मंगलबार बेलुका नै सुर्खेत आइपुगेका छन् । 
साथै बुधबार उद्धार टाेली सुर्खेत बजार क्षेत्रका सार्वजनिक तथा सडकपेटीमा बेवारिसे अवस्थामा भएका सडक आश्रित मानवहरुकाे उद्धार सेवा खटिने कार्यक्रम रहेकाे अध्यक्ष अधिकारीले जानकारी दिए ।