• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुख्यमन्त्री आचार्यद्वारा मेची-महाकाली उद्धार यात्रीहरुलाई स्वागत

मुख्यमन्त्री आचार्यद्वारा मेची-महाकाली उद्धार यात्रीहरुलाई स्वागत
न्यूज टुडे
राजविराज , ११ कात्तिक । 
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीद्वारा मेची-महाकाली राष्ट्रिय उद्धार टाेलीका यात्रीहरुलाई स्वागत गरेका छन् । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले  आइतबार टाेलीलाई स्वागत गरेका हुन् । 
मुख्यमन्त्रीसंग अन्तरक्रिया गर्दै टोलीमा सहभागी । फोटो : न्यूज टुडे
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गर्दै मेची-महाकाली उद्धार टाेलीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरे ।
आचार्यले  मानवसेवा आश्रमले गरेकाे कामकाे प्रसंशा गर्दै कार्यक्रममा आश्रमले गरेकाे गतिविधिकाे भिडियाे हेरेर आफू स्तब्ध र थप गम्भीर बनेकाे बताए । 
उनले  राज्यले गर्नुपर्ने काम आश्रमले गरेकाे बताउँदै आगामी दिनहरुमा आश्रमसँग साझेदारी गरि अगाडि बढ्ने र आश्रमका लागि बजेट छुट्याउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले लुम्बिनी प्रदेशलाई पनि सडक आश्रित मानवमुक्त प्रदेश बनाउन लुम्बिनी प्रदेश सरकार मानवसेवा आश्रमसँग सँगै सहकार्य र सहयोग गर्न तत्पर रहेकाे बताए ।
त्यस्तै मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत यात्राकाे १४ औं दिन आइतबार ४ जना सडक आश्रित मानवहरुकाे उद्धार भएकाे छ । 
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा तय भएकाे हाे ।
राष्ट्रिय उद्धार यात्राका क्रममा लमही नगरपालिका-५ बाट ३ जना र राप्ती गाउँपालिकाबाट १ जना गरि ४ जनाकाे 
उद्धार गरिएकाे टोलीमा सहभागीहरुले बताए ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि थालनी भएकाे यात्राकाे १४ औं दिनसम्मकाे अवधिसम्मपुग्दा १ सय ३० जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । उद्धार गरिएका १ सय १ जना पुरुष र २९ जना महिलाकाे सङ्ख्या मध्ये २ बालिका र १ जना बालक पनि रहेका छन् । 
आइतबार उद्धार भएका ४ जनालाई आजै मानवसेवा आश्रम तुलसीपुर सेवाकेन्द्रमा गृहप्रवेश गराइएकाे छ । साथै उद्धार टाेली साेमबार दाङकाे  घाेराही र तुलसीपुर क्षेत्रमा सडकसेवा सम्पन्न गरि साेमबार नै यात्रीहरु नेपालगञ्ज पुग्ने कार्यक्रम रहेकाे अध्यक्ष अधिकारीले जानकारी दिए ।