• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शिक्षा विना कुनैपनि  समुदायको विकास असम्भव :  पूर्वमन्त्री साह

शिक्षा विना कुनैपनि  समुदायको विकास असम्भव :  पूर्वमन्त्री साह
न्यूज टुडे
राजविराज, ०९ कात्तिक ।
मधेश प्रदेशका पूर्वअर्थमन्त्री एवम् जसपा नेपालका केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साहले शिक्षा विना कुनैपनि समुदायको विकास सम्भव नहुने बताएका छन् । जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ द्वारा सप्तरीको लावापुरमा शुक्रबार आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
विस्तारित बैठकलाई सम्बोधन गर्दै जसपा केन्द्रीय सदस्य विकास कुमार तिवारी । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै साहले देशको विकास र समृद्धिका लागि जनता शिक्षित हुनुपर्नेमा जोड दिए ।  शिक्षा विना कुनैपनि समुदायको विकास सम्भव नभएको उनले तर्क गरे । 
जसपा नेपाल नेतृत्व सरकारले दलित र महिला अधिकारका लागि दलित सशक्तीकरण ऎन र महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको स्मरण गर्दै मधेस प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका साहले यसको कार्यान्वयनसंगै सामाजिक रुपान्तरणमा ठूलो मदत पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालकी केन्द्रीय सदस्य प्रिया सिंह थारु । फोटो : न्यूज टुडे
उनले प्राप्त अधिकारको उपयोग गर्न लक्षित समुदाय शिक्षित, सक्षम तथा जागरुक हुनुपर्नेमा जोड दिए । अधिकार प्राप्तिका लागि कर्तव्य समेत निर्वाह गर्नुपर्ने पूर्वमन्त्री साहको भनाइ थियो । 
जसपा नेपालको नीतिकै कारण देश विकासले गति लिएको दावी गर्दै जसपा केन्द्रीय सचिब साहले देशको समृद्धि र विकासका लागि राज्यको सबै तहमा पार्टीको नेतृत्वको आवश्यकता औल्याए । 
मधेशी, थारु, दलित, आदिवासी जनजाति, महिलाको आत्मासम्मान सहितको पहिचान जसपा नेपालकै संघर्षबाट स्थापित गर्न सफल भएको उल्लेख गर्दै उनले जसपाले सामाजिक रुपान्तरण र देश परिवर्तनको मुद्दालाई प्रमुखताको साथ उठाएकाले पछाडि पारिएका समुदायलाई पार्टीमा संगठित हुन आग्रह गरे ।
नवप्रवेशीलाई पार्टी सदस्यता प्रदान गर्दै पूर्वअर्थमन्त्री साहसहितका नेतागण । फोटो : न्यूज टुडे
केन्द्रीय सदस्य विकास कुमार तिवारीले गरिव, विपन्न, दलित सहितको जनतालाई आर्थिक तथा राजनीतिक रुपमामाथि उठाउने पार्टी जसपा नेपाल रहेको जिकिर गरे ।  सबै प्रकारको विभेद, भेदभाव, जातीय, वर्गीय समस्याबाट मुक्ति दिने पार्टी जसपा नेपाल मात्र भएको बताउँदै उनले अधिकार सुनिश्चितताको लागि शोषित, पीडित र अपेक्षित, अपहेलितहरु एकजुट हुनुको विकल्प नभएको जिकिर गरे । 
केन्द्रीय सदस्य प्रिया सिंह थारुले जसपा नेपालको समाबेशी नीति कै कारण महिला, थारु, दलित, मुश्लिम, आदिवासी जनजातिको राज्यको निर्णायक ठाउँमा प्रतिनिधि सुनिश्चित भएको बताइन् ।
जिल्ला सदस्य एवम् गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार रामदेव यादवले स्थानीय जनप्रतिनिधिहरु विकास र जनताको समस्या समाधान भन्दा भ्रष्टाचारमा लिप्त भएको टिप्पणी गरे । 
गाउँपालिका अध्यक्ष मिलन कुमार चौधरीले जनतालाई पार्टीसंग जोड्ने राष्ट्रिय अभियानलाई सफल पार्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । 
जसपा नेपाल गाउँपालिका कोषाध्यक्ष कपिलदेव मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत वडा अभियान्ता राज कुमार यादवले गरे । 
जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रकाशचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जनमत पार्टी परित्याग गरी नर्सिङ मण्डल र काँग्रेस परित्याग गरी इन्द्र नारायण यादवको नेतृत्वमा आधादर्जनको संख्यामा जसपा नेपालमा प्रवेश गरे । 
ऊनीहरुलाई जसपा नेपाल केन्द्रीय सचिब एवम् पूर्वअर्थमन्त्री साहले पार्टी सदस्यता प्रदान गरी टीका लगाएर स्वागत गरेका थिए । 
“जनतासंग जसपा नेपाल” आधारभुत संगठन निर्माण अभियान अन्तर्गत आयोजित वडा स्तरीय विस्तारित बैठक तथा दिपावली, नेपाल संवत्, छ्ठ, समाचकेवा पर्वको अवसरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवम् केन्द्रीय अभियान्ता उमेश प्रसाद यादव, प्रदेश कार्यकारिणी सदस्य एवम् प्रदेश अभियान्ता अरुण देव, जिल्ला अभियान्तालगायतका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।