• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बुटवलमा मेची-महाकाली उद्धार यात्रा ,९८ जनाकाे उद्धार

बुटवलमा मेची-महाकाली उद्धार यात्रा ,९८ जनाकाे उद्धार
न्यज टुडे
राजविराज , ०८ कात्तिक । 
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे दशाैँ दिन बुधबारसम्म ९८ जना सडकआश्रीत मानवहरुको उद्वार गरिएको छ । ‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे यात्रामा दशौदिनको अवधिमा विभिन्न जिल्लाका गरी २१ महिला ७१ पुरुषको उद्वार गरिएको भएकाे हाे ।
यसैगरी बुटवलसहितका आसपासका क्षेत्रबाट बुधबार २ बालिका सहित १२ जनाकाे उद्धार गरिएको उद्वारमा सहभागीहरुले बताएका छन् । 
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत दशौदिन भरतपुर,  सिजी, कावासाेत, चाेरमारा, दुम्कीबास, क्षेत्रमा उद्धार टाेली खटिएकाे एक सहभागीले बताए । 
मंगलबार रातिकाे सडक सेवामा खटिएकाे उद्धार टाेली  चितवन खैरहनी नगरपालिका -१ ज्यामिरे बाट ४५ वर्षीय आमा र  ११ वर्षीय छाेराकाे उद्धार गर्न सफल भएकाे उनले बताए । 
साथै बुधबार बिहान भरतपुर महानगरपालिका-१ बाट २ जना महिला गरि चितवनबाट ४ जनाकाे  उद्धार गरएकाे छ । त्यस्तै गैँडाकाेट नगरपालिका-१० बाट १ जना, देवचुली नगरपालिका-१३ बाट १ जना, कावासाेती नगरपालिका-८ २ जना, मध्यबिन्दु नगरपालिका-७ चाेरमाराबाट २ बालिका सहित ५ जना र विनयी त्रिवेणी गाउँपालिका-२ बाट १ जना गरि बुधबार १२ जनाकाे उद्धार भएकाे छ । नवलपरासी पूर्वबाट उद्धार हुनेकाे सङ्ख्या १० रहेकाे छ ।
त्यस्तै उद्धार गरिएकाे १२ जनालाई बुधबार मानवसेवा आश्रम चितवन सेवाकेन्द्रमा संरक्षणकाे लागि लगिएकाे छ । 
 असाेज २८ गते मेचीनगरदेखि सुरु भएकाे यात्राकाे दशाैँ दिनसम्मकाे अवधिमा ९८ जना सडकआश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले  बताए। उद्धार भएका २७ महिला र ७१ पुरुष रहेका छन् ।
मेची-महाकाली उद्धार टाेली बिहीबार तिलाेत्तमा, सिद्धार्थनगर, लुम्बिनीबाट  सैनामैना क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुकाे उद्धार तथा सेवामा रहने कार्यक्रम तय भएकाे जनाइएको छ ।
राष्ट्रिय उद्धार यात्राका क्रममा विभिन्न ठाउँबाट उद्धार भएका अधिकांश घरपरिवारबाट अपहेलित भई सडकमा मागेर खाँदै कष्टकर रुपमा जीवन चलाईरहेकाे अवस्था देखिन्छ भने कतिपयकाे परिवार भएर पनि बेखर भएकाे,  पारिवारिक समस्याका कारण सडकमा बवारिसे अवस्था बाँच्नु परेकाे  र धेरै जना कुलतमा फसेकाे अवस्था देख्न सकिन्छ । साथै मानसिक अवस्था पनि कमजाेर देखिएकाे हुँदा उनीहरुकाे  मानवाेचित व्यवस्थापनकाे लागि आश्रमलले मात्र काम गर्न नसक्ने हुँदा यसतर्फ तीनै तहका सरकार र सराेकारवाला निकायकाे ध्यान जान आवश्यक हुने यात्रामा सहभागीहरुको भनाइ छ ।।