• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कामदारलाई जबर्जस्ती करणी गर्न खोज्ने रेष्टुरेन्ट मालिक पक्राउ

कामदारलाई जबर्जस्ती करणी गर्न खोज्ने रेष्टुरेन्ट मालिक पक्राउ
न्यूज टुडे
राजविराज, ०७ कात्तिक । 
सप्तरीमा आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा मालिक पक्राउ परेका छन् । राजविराज नगरपालिका  वडा नम्बर ०६ थानगाछी घर भई वडा नम्बर ०४ मा संचालित तन्दुरी रेष्टुरेन्टका संचालक उमेश प्रसाद साह हलुवाहीको छोरा वर्ष २८ को आकाश आदर्श जबर्जस्ती करणीको प्रयास गरेको आरोप पक्राउ गरेका हुन् ।                              
रेष्टुरेन्टमा कामकाज गर्ने परिवर्तित नाम जिल्ला  राजबिराज १५ (क)(०८१।०८२) पीडित महिलाले दिएको उजुरीको आधारमा आदर्शलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
सन्चो नभएको कारण आफ्नो कोठामा आराम गर्छु भनि गएको र सुतिरहेको अवस्थामा असोज २१ गते अन्दाजी ०९;०० बजेको समयमा आदर्शले ढोका  बाहिरबाट ढकढक्याँदा मैले चुकुल खोल्नासाथ आदर्शले जबर्जस्ती करणीको प्रयास गरेको पीडित महिलाको आरोप छ ।
आकाश आदर्शले  मेरो मुख हातले थुनी विभिन्न किसिमको धाक धम्की दिएको साथै जबर्जस्ती कपडा खोली करणीको प्रयास गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आदर्शले आफ्नो मोबाइलबाट भिडियो बनाई सामाजिक संजालमा भाईरल गरी दिन्छु भनि धाकधम्की दिदै पटक पटक करणी प्रयास गरेको र  बनाएको भिडिओ मेरो वार्डशपमा समेत पठाएपछि सोही प्रमाणको आधारमा उजुरी गरेको पीडित महिलाले प्रहरीमा बुझाएको निवेदनमा भनिएको छ ।
 पीडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली खटाई आकाश आदर्शलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।