• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको शान्ति सुरक्षा, स्थानीय समस्या तथा विकासमा दलहरूको चासो

सप्तरीको शान्ति सुरक्षा, स्थानीय समस्या तथा विकासमा दलहरूको चासो
न्यूज टुडे
राजविराज, ०५ कात्तिक । 
जिल्लाको शान्ति सुरक्षा, स्थानीय समस्या तथा विकास र सुशासनका सवालमा सप्तरीका प्रमुख राजनीतिक दलहरूले चासो दिएका छन् । राजविराजमा मंगलबार बसेको प्रमुख राजनीतिक दलको बैठकले जिल्लामा देखिएका समस्याप्रति चासो राखेका हुन् । 
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा बसेको प्रमुख राजनीतिक दलको बैठकले जिल्लाको शान्ति सुरक्षा,एवम् ट्राफिक व्यवस्था, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल, कृषि विश्वविद्यालय, मविव क्याम्पसको छात्राबास,राजविराज बसपार्क,विटोरी जग्गा समस्या, विकासीय कार्यालयको सम्बन्धमा, जनसरोकारका कार्यालयहरुको सेवा प्रभावकारी बनाउन पहल गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाली काँग्रेसका सचिब सनत मण्डलले बताए । 
बैठकमा नेकपा माओवादी केन्द्रका अशोक कुमार मण्डल अमर, एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी, जसपा नेपाल जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, नेकपा एसका अध्यक्ष प्रतापनारायण चौधरी, लोसपाका सुनिल कुमार झा,राप्रपाका अध्यक्ष उम्देश्वर साह, रास्वपाका अध्यक्ष अरुण कुमार देव, एमाले जिल्ला उपाध्यक्ष अबदुल मजीद मियाँ लगायतका उपस्थिति थियो ।