• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा सर्पदंशबाट एक बालिकाको मृत्यु

सप्तरीमा सर्पदंशबाट एक बालिकाको मृत्यु
न्यूज टुडे
राजविराज, ०४ कात्तिक । 
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आइतबार सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामस्वरुप मण्डलका ९ बर्षीय छोरी प्रियंका मण्डलको सर्पदंशबाट मृत्यु भएको हो । 
शनिबार साँझ पूजा कोठामा धुप लगाउने क्रममा उनलाई सर्पले डसेपछी उपचारका लागि तत्कालै कल्याणपुर स्थित सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । नेपाली सेना  बरख गणद्वारा संचालित सर्पदंश उपचार केन्द्रमा रातभरी उपचार गरिएपनि बालिकाको अवस्था गम्भीर भएपछि  सिरहाको चोहर्वा स्थित नेपाली सेनाद्वारा संचालित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको थियो । 
कल्याणपुर उपचार केन्द्रले आइतबार विहान रेफर गरी पठाएको छोरीको चोहर्वा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतका बुवा रामस्वरुप मण्डलले बताए । 
मृतक बालिकाको आइतबारै अन्त्यष्टी गरिएको परिवारजनले जनाएको छ ।