• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आन्दोलनका उपलब्धि रक्षाको लागि संगठित हुनु जरुरी छ :  मृगेन्द्र

आन्दोलनका उपलब्धि रक्षाको लागि संगठित हुनु जरुरी छ :  मृगेन्द्र
न्यूज टुडे
राजविराज, २९ असोज । 
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले मधेश विद्रोह लगायतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि शोषित, पीडित, उपेक्षित समुदाय संगठित हुनु जरुरी रहेको बताएका छन् । जसपा नेपाल जिल्ला समितिद्वारा सप्तरीको राजविराजमा मंगलबार आयोजित “जनतासंग जसपा नेपाल” आधारभुत संगठन निर्माण अभियान्तताहरुको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
विस्तारित बैठकमा मञ्चासीन नेतागण । फोटो : न्यूज टुडे
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले मधेसी जनताको कठोर आन्दोलनबाट स्थापित संघीय शासन व्यवस्थामाथि बर्तमान सरकारबाटै खतरा रहेको टिप्पणी गरे । संघीयता विरोधी भ्रम सिर्जना गरी व्यवस्थालाई दोष लगाएर  संघीय शासन प्रणाली समाप्त पार्ने षड्यन्त्र सरकारबाटै भइरहेको आरोप लगाउँदै उनले विभिन्न आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि सचेत हुनुपर्नेमा जोड दिए । 
“देशमा संघीय शासन व्यवस्था त्यसै आएको होइन, कठोर संघर्षबाट भएको व्यवस्था परिवर्तनबाट थोरै भएपनि अधिकार प्राप्त गरेको जनताले महुँसुस गर्न पाएको छ”, राष्ट्रिय सभा सदस्य समेत रहेका यादवले भने,” शोषित पिडित उपेक्षित जनतालाई यो व्यवस्थामा कमबेसी राहत मिलेको छ,  तर यसलाई पनि उल्टाउन विभिन्न शक्तिहरु सक्रिय भएकोले आन्दोलनका उपलब्धि रक्षाका लागि संगठित हुनु अति जरुरी छ।”
जसपा नेपाल सप्तरीद्वारा आयोजित विस्तारित बैठकमा सहभागी । फोटो : न्यूज टुडे
उनले शोषित, पीडित उपेक्षित समुदायको अधिकार प्राप्ति गर्ने पवित्र लक्ष्य पुरागर्न व्यक्तिगत स्वार्थभन्दा माथी उठेर पार्टी संगठन निर्माणको कार्यमा अगाडि  बढ्न आग्रह गरे । 
पार्टीका केन्द्रीय सचिब तथा पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले अधिकार सुनिश्चितताका लागि राज्यबाट बहिष्कृत जाती समुदाय र लक्षित बर्ग एकजुट हुनुको विकल्प नरहेको बताए । 
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य एवम् अभियान अनुगमन मधेस प्रदेश संयोजक हरिनारायण यादव, केन्द्रीय सदस्य एवम् संगठन निर्माणका केन्द्रीय अभियनताहरु, अमरनाथ मण्डल,उमेश यादव, रमिलादेवी साह, पुनम यादव, उपमा देव, शैलेन्द्रमोहन झा, गिता यादव, अशोक यादव,डा. बबी सिंह यादव, शम्भु झा,  रसना यादव, भरत प्रसाद महतो,भिमराज यादवलगायतले आ- आफ्नो धारणा राखे । 

यसैगरी प्रदेश कार्यकारिणी सदस्य एवम् अभियान्ता दिनेश कुमार यादव, युसुफ अलि, छेदी यादव, प्रभाकर यादव, विनोद यादव,कौशेन्द्र यादव,मनोज यादव, अमृत साफी लगायतकाले बोल्दै टोल स्तरसम्म संगठन निर्माणमा जोड दिए । 

जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादवले संचालन गरेको कार्यक्रममा विस्तारित बैठकको उदेश्य बारे मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवले प्रकाश पारेका थिए । 
भेलामा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला नेता  तथा विभिन्न भातृसंगठनका पदाधिकारी एवम् प्रतिनिधिहरुको  उपस्थिति रहेको जिल्ला सचिब हरेराम यादवले जानकारी दिए ।