• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अनुगमनको नाममा अनावश्यक दुख दिएको व्यापारीहरुको गुनासो,  प्रशासन विरुद्ध प्रदर्शन

अनुगमनको नाममा अनावश्यक दुख दिएको व्यापारीहरुको गुनासो,  प्रशासन विरुद्ध प्रदर्शन
न्यूज टुडे
राजविराज, २३ असोज ।  
अनुगमनको नाममा स्थानीय प्रशासनले अनावश्यक दुख दिएको राजविराजका व्यापारी व्यवसायीहरुले गुनासो गरेका छन् । अनुगमन विरुद्ध राजविराजमा बुधबार विरोध प्रदर्शनमा  उत्रिएका व्यापारी व्यवसायीहरुले  यस्तो गुनासो गरेका हुन् । 
दशै जस्तो चाडपर्वको समयमा पनि आर्थिक मन्दी खेपिरहेका व्यापारी व्यवसायीहरुमाथी अनुगमनको नाममा प्रशासनले अनावश्यक दुख दिएकोले विरोध प्रदर्शनमा उत्रिएको उनीहरुले बताए । 
अनुगमनको विरोधमा बजार बन्द गर्दै  आन्दोलनमा उत्रिएको  एक व्यापारीले बताए। व्यापारीहरुले राजविराजको मिनी मार्केट अगाडि सडकमै बाँस तेर्स्याएर टायर बालेर विरोध  प्रदर्शन गरेका छन् ।
बुधबार दिउँसो भगवती मन्दिर रोडमा रहेको गोपाल एण्ड वजरंग ट्रेर्डसमा कर कार्यालय, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको टोलीले अनुगमन गर्दा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएपछि चुरोट नियन्त्रणमा लिएको थियो । 
अनुगमन समितिले नियन्त्रणमा लिएको चुरोटमा नक्कली स्टिकर नभएको दावी गर्दै दुख दिने नियतबस यस्तो गरिएको व्यापारीहरुको आरोप छ । 
खुल्ला सीमाका कारण सिमामा तस्करी रोक्न प्रहरी प्रशासन असफल भएको भन्दै तस्करी रोक्नुपर्ने  व्यापारीहरुले माग गरेका छन् ।  प्रहरीकै मिलेमतोमा तस्करी हुने र ती सामान व्यापारीले किन्दा अनुगमन समितिले पक्राउ गरी दुःख दिने गरेको उनीहरुले गुनासो गरेका छन् । 
दसैंको समयमा बजार बन्द हुँदा सेवाग्राही  मर्कामा परेका छन् भने  सम्पुर्ण सेवा  प्रभावित भएका छन् ।