• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एक सय वीस किलो लागु औषध गाजाँसहित स्कारपिओ प्रहरी नियन्त्रणमा

एक सय वीस किलो लागु औषध गाजाँसहित स्कारपिओ प्रहरी नियन्त्रणमा
न्यूज टुडे
राजविराज, २२ असोज । 
सप्तरी प्रहरीले १ सय २० किलो लागू औषध गाँजा सहित एक स्कारपिओ चलक र सहचालकलाई नियन्त्रणमा लिएको छ । सप्तरी कञ्चनरुप नगरपालिका ०७ स्थितबाट मंगलबार विहान उक्त परिणामको लागू औषध गाँजासहित स्कारपिओ गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी धरमपुर सप्तरीको चेक पोइन्टमा खटिएको प्रहरी टोलीले फत्तेपुर देखी कञ्चनपुर तर्फ आउदै गरेको सेतो रङगको BRO7BA4578 नम्बर भएको  स्कारपिओलाई शंका लागी रोकी चेकजाँच गर्दा स्कारपिओ भित्र लुकाइ छिपाइ राखिएको ५ वटा बोरामा जम्मा १ सय २० किलोग्राम लागु औषध गाजाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
अबैध लागुऔषध गाँजासहित चालक सिरहा भगवानपुर गाउँपालिका वडा नम्बर ०४ बस्ने महेन्द्र चौधरीको छोरा वर्ष ३७ का चन्देश्वर चौधरी र सोही गाउँपालिका वडा नम्बर ०२ बस्ने धनजित यादबको छोरा वर्ष ६० का राम दुलार यादव समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
स्कारपिओ सहित दुबैजनालाई नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।