• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकारिता क्षेत्रका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध छ : लेखी 

पत्रकारिता क्षेत्रका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध छ : लेखी 
न्यूज टुडे
राजविराज, २१ असोज । 
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले मधेश प्रदेशका पत्रकारिता जगतको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयद्वारा प्रदेश सञ्चार ऐन तथा नियमावलीका विषयमा महोत्तरीको बर्दिबासमा आइतबार आयोजित पत्रकारहरू संगको अन्तरक्रियामा उनले पत्रकारकारिता क्षेत्रमा समस्या समाधानका लागि काम गरिरहेको बताएका हुन् ।   
उनले मौजुदा ऐन तथा नियमावलीमा संशोधन गर्नेबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताउँदै यसबाट आएका सुझावलाई संचार नीतिमा समाबेश गर्ने प्रतिबद्धता व्यक्त गरे । 
सञ्चारमन्त्री लेखीले मधेश प्रदेशका सबै पत्रकारहरूको १ लाखको स्वास्थ्य बिमा तथा ७ लाखको दुर्घटना बिमा गर्न तथ्याङ्क सङ्कलन गरिएको र पत्रपत्रिका, एफएम तथा टेलिभिजनलाई थोरै भए पनि लोककल्याणकारी विज्ञापन दिइएको जानकारी दिए । 
मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य शिला मिश्रले सञ्चारमैत्री कानून बनाउनकै लागि कार्यक्रमको आयोजना गरिएको बताइन् । 
कार्यक्रममा मधेश प्रदेशमा आम सञ्चार प्राधिकरणले गरेको कामका विषयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, सञ्चार उद्यमी विष्णु कुँवरले सञ्चार क्षेत्रले भोग्नुपरेका समस्याका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरु तथा सरोकारवालाहरुको उपस्थिति थियो ।