न्यूज टुडे
राजविराज, १८ असोज ।
सरस्वती विकास मञ्च तेरहौताका अध्यक्ष एवम् गैसस महासंघ सप्तरीका पूर्व अध्यक्ष दिलिप कुमार चौधरी दश हजार राशी नगद पुरस्कारसहित सम्मानित भएका छन् । श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा शुक्रबार आयोजित एक समारोहका वीच चौधरीसहित चारजना सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा अध्यक्ष चौधरी, पत्रकार राजु विश्वकर्मा, द फ्रीडम फण्डका कार्यक्रम व्यवस्थापक जिएम श्रेष्ठ, सल्लाहकार ब्रहमदेव राम रहेका छन् ।

श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशाहाको २९ औं साधारणसभाको अवसरमा संस्थाको विकासमा अतुलनीय योगदान गरेकाले उनीहरुलाई सम्मान गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर विनोदानन्द चौधरीले बताए ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशाहाका अध्यक्ष चतुर नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका गृह, संचार तथा कानूनमन्त्री राज कुमार लेखीले चौधरीलाई नगद १० हजारसहित दोसल्ला ओढाएर तथा सम्मानपत्रद्वारा सम्मान गरे ।
यसैगरी मन्त्री लेखी पत्रकार विश्वकर्मा, द फ्रीडम फण्डका कार्यक्रम व्यवस्थापक श्रेष्ठ र सल्लाहकार रामलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।