न्यूज टुडे
राजविराज, १७ असोज ।
सप्तरीको सुरुङ्गा नगरपालिकाका विभिन्न विद्यालयलाई प्रमाण विनै लाखौं भुक्तानी दिएको खुलासा भएको छ । नगरपालिका र विद्यालय प्रशासनको मिलोमतोमा शिक्षण अनुदान कार्यविधि २०७७, विपरीत शिक्षण सहयोग अनुदानको नाममा मनपर्दी गरेको हो ।
नगरपालिका अन्तर्गतका ८ विद्यालयलाई प्रमाण विनै नगरपालिकाले ४३ लाख ६० हजार ३ सय २० रुपियाँ निकासा गरेको महालेखा प्रतिबेदन २०८१ मा उल्लेख छ ।
महालेखा प्रतिबेदन २०७९/०८० अनुसार मिलोमतोमा आर्थिक अनियमितता गरेको ठहर गर्दै प्रमाण पेश गर्न निर्देशन दिइएको छ ।
प्रतिबेदन अनुसार राष्ट्रिय आधारभुत विद्यालय चहकालाई रु ३ लाख ६२ हजार ४ सय, जनता आदाहरभुत विद्यालय कमलपुरलाई ३ लाख ६२ हजार ४ सय, आधारभुत विद्यालय भेडियालाई १२ लाख ७४ हजार १ सय ६०, राष्ट्रिय आधारभुत विद्यालय पोखरियालाई ३ लाख ६२ हजार ४ सय, आधारभुत विद्यालय मलहनमालाई ३ लाख ६२ हजार ४ सय, मुसहरनिया आधारभुत विद्यालयलाई ३ लाख ६२ हजार ४ सय, जनता आधारभुत विद्यालय प्रमाणपुर ३ लाख ६२ हजार ४ सय, र जनता माध्यमिक विद्यालय खैजनपुर ९ लाख ११ हजार ७ सय ६० गरी ४३ लाख ६० हजार ३ सय २० रुपियाँ निकासा दिएका छन् ।
“अंग्रेजी, गणित विज्ञान विषयमा शिक्षण सहयोग अनुदान अन्तर्गत शिक्षण सिकाई अनुदान व्यवस्थापन कार्यविधि, २०७७ तथा दरवन्दी मिलानको प्रतिबेदन अनुरुप कुनै पनि दरवन्दी वा राहत अनुदान भएका गणित, अंग्रेजी र विज्ञान विषय शिक्षक व्यवस्थापनका लागि शुन्य दरवन्दी भएका विद्यालयहरुमा माध्यमिक तह (९-१०) लाई न्युनतम २ र आधारभुत तह निमावि तह( ६-८) लाई न्युनतम १ शिक्षकको अनुदान निकासा शिक्षक भर्ना भएपछि उपलब्ध गराउने उल्लेख छ” महालेखा प्रतिबेदन भनिएको छ,” पालिकाले निम्न ८ विद्यालयमा कार्यविधि बमोजिम तलब भुक्तानीको लागि ४३ लाख ६० हजार ३ सय २० रुपियाँ निकासा गरेको सो विद्यालय शिक्षकहरुको हाजिरी सहितको नियुक्ति गरेको प्रमाण पेश गरेको छैन। अत विद्यालयहरुले शिक्षक हजिरी सहित नियुक्तिको प्रमाण पेश गर्नुपर्दछ ।”
नगरपालिकाले विभिन्न शिर्षकमा प्रमाण विनै करोडौं निकासा गरेको तथा मनपर्दी पेश्की दिएर असुल नगरेको महालेखा परिक्षक प्रतिबेदनमा औल्याइएको छ