न्यूज टुडे
राजविराज, १६ असोज ।
सप्तरीको राजविराजमा रहेका पुराना सहकारी संस्था मध्ये आईडियल वचत तथा ऋण सहारी संस्थाको २५औ वार्षिक साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवम् पदास्थापना गरिएको छ । राजविराज स्थित संस्थाको कार्यालयमा बुधबार आयोजित एक समारोहका वीच सपथ ग्रहण एवम् पदास्थापना गरिएको हो ।
२५ औ साधारणसभाका निर्वाचन उप-समितिका संयोजक राजेश कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई सथप ग्रहण एवम् पदास्थापना गरिएको थियो । कार्यक्रममा संयोजक झाले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए भने झासहित निर्वाचन समितिका सदस्यहरुले प्रमाणपत्र वितरण गरेका थिए ।
पदास्थापना पछि आयोजित कार्यक्रममा सभापतिको आषणबाट बोल्दै नवनिर्वाचित अध्यक्ष गणेश कुमार आशले सहकारीमाथि आम सदस्य तथा नागरिकले हालसम्म राखेको विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । आइयल प्रदेशकै उत्कृष्ट सहकारी घोषित भएकोमा खुशी व्यक्त गर्दै उनले यसको सम्पुर्ण श्रेय संचाक समिति, लेखा समिति, कर्मचारी तथा शेयर सदस्यहरुको भएको बताए ।
उपाध्यक्ष विजयानन्द झाले सहकारीले खर्चमा मितव्यायी कायम राखी सफलता हाँसिल गर्दै विश्वासनीय सेवा प्रवाह गर्दै आएको बताए ।
सचिब शैलेश कुमार चौधरीले सहकारीमा कुनै प्रकारको विचलन आउन नदिने विश्वास व्यक्त गरे ।
देशमा विभिन्न सहकारी संस्थाहरुले आर्थिक अपचलन गरी जनताको बचत घोटाला गरेको घटना सार्वजनिक भएको चर्चा गर्दै उनले संचालक समिति तथा कर्मचारीको लापरबाही र नियतबस यस्तो गरिदा सहकारी संचालक बदनाम भएको उल्लेख गरे ।
उनले कोरोना महामारीलगायतका जस्तोसुकै संकटमा पनि सेवा प्रवाह गर्दै आएको बताउँदै संकटको घडीमा समेत आम बचत कर्ताको हितमा काम गर्न सहयोग गरेको भन्दै कर्मचारीहरुलाई धन्यवाद समेत दिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष मुरली प्रसाद यादवले संस्थाको संचालक समितिमा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त गनिएका प्रतिष्ठित व्यक्तित्व रहेका करण छोटो समयमा छिटो प्रगति गर्न सफल भएको बताए । उनले सहकारी संस्थाको गरिमालाई कायम राख्न निरन्तर सक्रिय भुमिका कायम रहोस् भन्दै शुभकामना व्यक्त गरे ।
राष्ट्रिय सहकारी बैक राजविराज शाखाका प्रमुख विरबल राजबंशीले सहकारी संस्थाको इतिहासमा अब्बल सहकारीको रुपमा स्थापित गर्न सफल भएको भन्दै संचालक समिति तथा कर्मचारीहरुको प्रशंसा गरे ।
गत असोज १२ गते सम्पन्न २५ औं बार्षिक साधारणसभाबाट आशको नेतृत्वमा ७ सदस्यीय संचालक समिति ३ सदस्य लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेका थिए ।
गठित समितिको उपाध्यक्षमा जिज्ञयानन्द झा, सचिवमा शैलेश कुमार चौधरी, कोषाध्यक्षमा मञ्जु देवी साह र सदस्यमा सुरज कुमार सिंह, हरिराम जोशी र कौशल्या कुमारी रजक चयन भएका थिए ।
यसैगरी दिनेश कुमार साह कसेराको संयोजकत्वमा डम्बर प्रसाद महतो र सुदामा प्रसाद सिंह सदस्य रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको थियो ।
निर्वाचन उपसमिति सदस्य विश्वनाथ भदेश्वार यादव र संस्थाका व्यवस्थापक विनोद कुमार साफीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत निर्वाचन समिति सदस्य प्रमोद कुमार यादवले गरे ।
हाल संस्थाको कुल सम्पति १ अर्ब ३८ करोड ६२ लाख ४ हजार २ सय ४९ रपियाँ रहेका छन् । २०५६ सालमा ४२ जनाबाट संचालन भएको संस्थामा हाल १६ हजार ४ सय २६ जना शेयर सदस्य रहेका छन् । राष्ट्रिय तथा प्रदेश स्तरमा उत्कृट स्थानमा रहेका यस संस्थाले डिजिटल प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाह गर्दै आएका छन् । संस्थाले हाल राजविराजमा केन्द्रिय कार्यालय वाहेक पुर्वमा हनुमाननगर र पश्चिममा पातोमा समेत सेवा दिई रहेको अध्यक्ष आशले बताए ।