• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोशीको बहाव ६ लाख  ६१ हजार क्युसेक प्रतिसेकेन्ड,पश्चिमतर्फको बस्ती जोखिममा

सप्तकोशीको बहाव ६ लाख  ६१ हजार क्युसेक प्रतिसेकेन्ड,पश्चिमतर्फको बस्ती जोखिममा
प्रियष्मी शर्मा
भारदह ,१३ असोज । 
सप्तकोशी नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पुगेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार विहान ६ बजे कोशी नदीमा पानीको बहाव ६ लाख ६१ हजार २ सय ९५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको हो।
कोशी पुलमाथी जम्मा भएको फोहर । फोटो : न्यूज टुडे
शनिबार साँझ ७ बजेदेखि कोशीको पानी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको एक देखि १९ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको नियन्त्रण कक्षले जनाएको छ । 
यससँगै नदीले पश्चिमी तटबन्धतर्फ कटान सुरु गरेको छ। नदीमा पानीको बहाव अत्यधिक भएपछि शनिबार बिहानबाटै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् भने कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेडअलर्ट’ जारी गरेको छ। 
बाढीले तटबन्ध कटान गरेपछि कोशी पश्चिमका हनुमाननगर कंकालिनी नगरपालिकाको गोबरगढा र तिलाठीकोइलाडी गाउँपालिकाका दर्जनौं बस्तीहरु जोखिममा परेको छ । 
शनिबार बाढीको जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन आवजावतमा लगाएको रोक खुलाउने तयारी गरीरहेको स्थानीयले बताएका छन् । 
कोशीको बाहव अशोभनीय रुपमा उच्च हुँदै गएपछि शनिबार ४ बजेदेखि कोशी पुल भएर चल्ने सवारी साधन आवातजावत ठप्प पारीएको थियो । 
कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार अहिले कोशीमा पानीको बाहव कमी हुनेक्रममा रहेकाले अवस्था सामान्य हुँदै गरेको छ ।