• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सास रहुन्जेल संस्कृति संरक्षणका लागि लडिरहनेछु :  चौधरी

सास रहुन्जेल संस्कृति संरक्षणका लागि लडिरहनेछु :  चौधरी
न्यूज टुडे
राजविराज, ०९ असोज । 
थारु भाषा,संस्कृति संरक्षण संघ नेपालका केन्द्रीय अध्यक्ष साँस्कृतिक अभियन्ता गयानन्द चौधरीले एकमुठ्ठी सास रहुन्जेलसम्म भाषा, साँस्कृति संरक्षणका लागि लडिरहने बताएका छन् । थारु भाषा संस्कृति संघ नेपाल सप्तकोशी नगरपालिकाद्वारा सप्तरीको फत्तेपुरमा बुधबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नेपालमा बसोबास गर्ने सम्पुर्ण जातजातिको संस्कृति संरक्षणका लागि  संघ स्थापना गरी अभियानकै रुपमा देश व्यापी कार्यक्रम संचालन गर्दै आएको बताए । 
जितिया पर्वको बास्ताविकता,यथार्थ मौलिकतालाई गीत संगीत र नृत्यको माध्यमबाट उजागर गरिएको उनले बताए ।  
पौराणिक जितिया गीत प्रस्तुत गर्दै संघ आबद्ध कलाकार । फोटो : न्यूज टुडे
जितियाको महत्त्वपूर्ण पक्षलाई थारु भाषा संस्कृति संघले समाजमा सकारात्मक संदेश प्रवाह गरेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष चौधरीले अभियानमा सबै जातजाति तथा सरोकारवालाहरुलाई सहयोगका लागि आग्रह गरे । 
“बढ्दो आधुनिकीकरणले देशका सबै जातजातिको भाषा संस्कृति लोप हुने अवस्थामा पुगेको छ” साँस्कृतिक अभियानता अध्यक्ष चौधरीले भने, यो मेरो मात्र चिन्ताको विषय हुँदै होइन,  राष्ट्रिय चिन्तन हो, लोपोन्मुख भाषा संस्कृति संरक्षणका लागि एकमुठ्ठी प्राण रहुन्जेलसम्म लडिरहनेछु ।”
उनले लामो संघर्षपछि साँस्कृतिक जागरण अभियानमा सफल भएको बताउँदै यसलाई मुर्तरुप दिन राज्यको सहयोग हुनुपर्नेमा जोड दिए । 
कार्यक्रममा सप्तकोशी नगरपालिकाका पुर्व मेयर उत्तम कुमार गौतमले थारु समुदायका अभियन्ताहरु भाषा संस्कृति संरक्षण अभियानमा लागेकोमा खुशी व्यक्त गर्दै पुर्ण सफलताको शुभकामना व्यक्त गरे । 
थारु भाषा संस्कृति संरक्षण संघ नेपालका नगर अध्यक्ष सत्य नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा थारु भाषा संस्कृति संघ नेपालकी संस्थापक केन्द्रीय उपाध्यक्ष सीता चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश महासचिव बृजमान तामाङ, सप्तकोसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष रोहिणी प्रसाद पोखरेल,२ का अध्यक्ष जाहिर हुसैन, वडा नम्बर ५ का वडा अध्यक्ष गोसाई चौधरी, राष्ट्रिय भुमी आयोग सप्तरीकी पूर्व सदस्य अधिवक्ता अनार कुमारी चौधरी, पुर्व वडा अध्यक्ष एवम् थारु भाषा संस्कृति संरक्षण नेपालका पूर्व नगरसभापति सोनेलाल चौधरी, पूर्व शिक्षक विष्णुदेव चौधरीलगायतकाले मन्तव्य व्यक्त गरे । 
थारु भाषा संस्कृति संरक्षण संघ नेपालकी सदस्य सरिता कुमारी चौधरी र वडा नम्बर २ का उपाध्यक्ष कमल चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत नगर उपाध्यक्ष द्रोपती चौधरीले गरिन । 
कार्यक्रममा सप्तरी र उदयपुरका गरी विभिन्न नगरपालिकाका टिमले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न पौराणिक बाजा तथा कृषी औजारहरु प्रदर्शनी गरिएको थियो ।