• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
न्यूज टुडे
राजविराज, ३१ भदौ । 
सदस्यता विवादलाई लिएर नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ । नेतृत्वले विधान विपरीत मतदाता नामावली प्रकाशन गरेको विरोधमा महासंघ आवद्ध असन्तुष्ट पत्रकारहरुले तालाबन्दी गरेको हो ।
सदस्यता शुद्धीकरण विषय पेचिलो बन्दै गएपछि विवाद उत्कर्षमा पुगेपछि महासंघले असोज १२ गते घोषणा गरेको निर्वाचन अनिश्चित भएको छ । 
महासंघ जिल्ला शाखाको सिफारिस तथा प्रदेश समितिले अनुमोदन गरेर पठाएको सदस्य केन्द्रले अभिलेखिकरण गर्नुपर्ने बैधानिक व्यवस्था विपरीत केन्द्रीय नेतृत्वले मनपर्दी ढंगले हटाउने र थप्ने कार्य गरेको जिल्ला शाखा अध्यक्षहरुको आरोप छ । 
मतदाता नामावलीमा मुख्य  निर्वाचन अधिकृतको हस्ताक्षर हुनुपर्नेमा सामान्य सिधाान्तलाई समेत ख्यालै नगरी अध्यक्ष र महासचिबले हस्ताक्षर गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । 
विधान र विधि अनुसार सदस्यता कायम राखी, सदस्यता विवादलाई सहमतिको आधार टुंगो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन जिल्ला अध्यक्षहरुले माग राखेको छ । जिल्ला शाखाले राखेको जायज मागलाई बेवास्ता गरी निर्वाचन प्रक्रिया अगाडि बढाए बहिष्कार गर्ने र कानुनी उपचार खोज्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् । 
महासंघ जिल्ला शाखा अध्यक्षहरुले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेतृत्व विधान विपरीत अगाडि बढेको ठहर गर्दै यथास्थितिमा चुनाव गराउन नसक्ने धारणा सार्वजनिक गरेका थिए । 
 केन्द्रीय कार्यालयमा तालाबन्दीमा समर्थन जनाउन  ५२ जिल्ला शाखाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।