• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

औरन्जेव मृत्यु प्रकरण:विपक्षीले तनाव दिएको पीडित परिवारको आरोप

औरन्जेव मृत्यु प्रकरण:विपक्षीले तनाव दिएको पीडित परिवारको आरोप
न्यूज टुडे
राजविराज, २८ भदौ । 
सप्तरीको राजविराज नगरपालिका ४ का ३० बर्षिय औरेन्जेव आलम हत्यामा संलग्न पक्षबाट अनावश्यक तनाव दिने गरेको पीडित परिवारले आरोप लगाएका छन् । राजविराज ४ स्थित आफ्नै निवासमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पीडित परिवारले यस्तो आरोप लगाएका हुन् । 
स्वर्गीय औरन्जेव आलम । फोटो : न्यूज टुडे
पत्रकार सम्मेलनमा बोल्दै मृतक आलमको बुवा मो. हविवले विपक्षीले मुद्दालाई प्रभावित गर्न प्रलोभन र प्रभावमा पार्ने  षड्यन्त्र गरिरहेको बताए ।  उनले मिलापत्र नगरे अर्को घटना समेत घटाउनेसम्मको डरत्रास विपक्षीले दिने गरेको आरोप लगाए । 
“घटनामा संलग्न चारजना अझै फरार छन्  ,  विपक्षीहरु अपराधीलाई संरक्षण गर्न विभिन्न चलखेल गरिरहेका छन् , उनले भने,”घटनालाई सामसुम पार्ने षड्यन्त्र विपक्षीले गर्दैछन्, उनले थपे, पैसा लिएर मिल्न दवाव दिने, न्यायाधीशलाई नै खरिद गर्छु र दुईमहिनामै पक्राउ परेकाहरुलाई पनि छुटाउँछु भन्दै भ्रम सिर्जना गर्ने जस्ता अनावश्यक दवाव  दिन्छ ।” 
“छिमेकीहरुकोमा विपक्षीहरुले एउटाले मात्र भएन अर्को पनि मर्छ” भनी डरत्रास देखाउने गरेको उनले बताए । 
प्रहरी, पत्रकारसहित सबैपक्षको सहयोगले संलग्नमध्ये तीन जना कारागार चलान भएको जानकारी दिंँदै उनले  घटनामा संलग्न फरार चारजनालाई समेत अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सहयोग गरिदिन स्थानीय प्रशासन, मानवाधिकारकर्मी, पत्रकारसहित सम्पुर्ण सरोकारवालासंग आग्रह गरे । 
मृतकका काका बब्लु खानका अनुसार राजविराज ३ का ४६ बर्षिय मो. नासिर, राजगढ ६ का लाल खाँ र राजविराज २ का मो. आशिक पक्राउ परेका छन् । उनीहरु तीनैजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । 
उनले घटना संलग्न बाँकीलाई पक्राउ गर्न प्रहरीलाई पटकपटक भन्दा सुराकी दिनु समात्छु भन्दै पन्छिने गरेको बताए ।  उनले घटना संलग्न राजविराज ३ का मो. इमरान खान, मो. इर्साद अहमद, राजविराज २ का मो.असल्म भन्ने तब्रेज, राजगढ ६ का मो.मिण्टु भने हुसैन खान अझै फरार रहेको बताए । 
उनीहरू बाहिर हुँदा असुरक्षित महुसुस हुने गरेको तथा अनावश्यक तनावको सामना गर्नुपर्ने भन्दै उनले  हत्याघटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गरे । 
स्थानीय लक्ष्मण यादवले घटना संलग्नहरुको खोजी गरी कारबाही चलाई पीडितलाई न्याय दिन प्रहरी गम्भीर हुनुपर्ने बताए । उनले पीडितलाई थप पीडा दिने कार्य कुनैपनि पक्षबाट हुन नहुने भन्दै फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गम्भीर हुन प्रहरीलाई आग्रह गरे ।
गत असार ३ गते कुर्वानी दिने विषयमा विवाद सिर्जना गरी विपक्षीको रड , फलामे पाइप प्रहारबाट गम्भीर घाईते दाजुको ८ गते उपचारको क्रममा अस्पताल मृत्यु भएको मृतकका भाई मो. तव्रेज आलमले बताए । 
“मुलवी साहवलाई तलव दिने विवाद थियो, विपक्षीले गाली गलौज गरिरहरेका थिए”, पत्रकार सम्मेलनमा घटना विवरण सुनाउदै उनले भने,”१० मिटेट पछि दाजुलाई बोलाएर रड, पलामे पाईपले ठाउकोमा अन्धाधुन्ध प्रहार गर्न थाल्यो, कुटपिटबाट बेहोस भएका दाजुलाई बचाउने प्रयास गर्दा पनि हामीबाट सधैको लागि टाढा भयो ।” 
उनले विना कारण दाजुको हत्या गर्ने समुहलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । 
मो. हविवको चार छोरा मध्ये औरन्जेव आलम माइला सन्तान थिए । भर्खरै विवाह बन्धनमा बाँधिएका मृतक आलमको  १८ महिनाको एक छोरा र श्रीमती छन् ।