• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

सदस्य विवाद टुंगो लगाएर तोकिएकै मितिमा निर्वाचन गर्न माग

सदस्य विवाद टुंगो लगाएर तोकिएकै मितिमा निर्वाचन गर्न माग
न्यूज टुडे
राजविराज, २५ भदौ ।
प्रेस मञ्च नेपालले सदस्यता सम्बन्धि विवाद सम्वाद र छलफलको माध्यमबाट समाधान गरी तोकिएकै मितिमा निर्वाचन गर्न माग गरेका छन्  । प्रेस मञ्चका महासचिव अबधेश कुमार झाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।
महासंघले पटकपटक निर्वाचनको मिति तोकेर पनि गर्न नसकेको भन्दै मञ्चले आपत्ति समेत जनाएको छ ।
“नेपाल पत्रकार महासंघको निर्वाचन दुई पटक स्थगित भएर २०८१ साल असोज ५ गतेका लागी तोकिएको छ” प्रेस विज्ञप्तिमा भनिएको छ,”सदस्यता सम्बन्धि  विवादका कारण  दुई पटकसम्म स्थगित भएको निर्वाचन असोज ५ गते गर्ने महासंघले नै तिथी तोके पछी प्रेस मंच नेपाल निर्वाचनको तयारीमा जुटेको छ ।”
“सदस्यता सम्वन्धि समस्या महासंघ नेतृत्वसंग छलफलकै माध्यमवाट समाधानको अन्तिम चरणमा रहेको अवस्थामा अप्रत्यासित रूपमा महासंघका अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि तोकिएको मितिमा निर्वाचन हुनेमा शंका उत्पन्न भएको छ, महासंघको नेतृत्वमा रहेकाहरुले समस्या मात्र सिर्जना गर्ने तर समाधानको वाटो नखोज्ने प्रवृतिका कारण वर्तमान अन्यौलताको अवस्था सिर्जना भएको प्रेस मञ्च, नेपालको ठहर छ ” महासचिव झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अध्यक्षको राजीनामासहितको पछिल्लो घटनाक्रमले संस्थाको गरिमामाथि आघात पुगेको भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।
“पटक पटक तोकिएको मितिमा निर्वाचन नगर्ने, अध्यक्षले राजीनामा दिने लगायतका पछिल्लो घटनाक्रमले महासंघलाई बैधानिक संकटमा लग्दै संस्थाको गरिमामा नै आधात पुग्ने काम भएको छ” विज्ञप्तिमा भनिएको छ,”नागरिक अधिकार रक्षाको एउटा सवल संस्था नेपाल पत्रकार महासंघको गरिमालाई थप उचाइमा पुर्याउन समेत आवधिक निर्वाचन आवश्यक छ।”
प्रेस मंच ,नेपाल महासंघलाई साझा चौतारीको रूपमा विकास गर्नुपर्ने स्पष्ट धारणा राख्दै आएको छ । नेपाल पत्रकार महासंघको गरिमाको समेत ख्याल गर्दै सदस्यता सम्बन्धि बिवाद सार्थक सम्बाद र छलफलका माध्यमवाट समाधान गरि तोकिएकै मितिमा निर्वाचन गर्न प्रेस मंच ,नेपाल आग्रह गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।
यसैगरी नेपाल प्रेस यूनियनले समेत अध्यक्षले राजीनामा दिएको घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ । महासचिव दिलिप पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोखरेलले दिएको राजिनामाले चिन्तित तुल्याएको जनाएको हो ।
युनियनद्वारा जारी विज्ञप्तिमा अध्यक्ष पोखरेललाई राजिनामा फिर्ता लिएर समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गर्दै निर्धारित समयमा निर्वाचनको सुनिश्चित गर्न सरोकारवाला संग समन्वय गरेर आबश्यक बाताबरण तयार गर्न युनियन प्रतिबद्ध रहेको समेत जनाएको छ ।
यसैगरी प्रेस चौतारी नेपालले समेत सदस्यता विवाद समाधान गरी तोकिएको मितिमै निर्वाचन गराउन महासंघ नेतृत्व संग माग गरेको छ ।  चौतारीका महासचिव  हिरामान लामाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।