न्यूज टुडे
राजविराज, २५ भदौ ।
सप्तरीको महादेवा गाउँपालिकामा विभिन्न शिर्षकमा मनपर्दी भुक्तानी गरी लाखौ अनियमितता गरेको खुलासा भएको छ । कार्यालय सामाग्री खरिद तथा मर्मतलगायतका शिर्षकमा ऎन विपरीत विभिन्न पसललाई लाखौं भुक्तानी गरी अनियमितता गरेको पाइएको हो ।
गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎन, २०७६ को दफा ९ विपरीत विभिन्न पसललाई १२ लाख ५१ हजार ६ सय रुपियाँ भुक्तानी दिई अनियमितता गरेको महालेखा परिक्षक प्रतिबेदन २०८१ ले ठहर गरेको छ ।
गाउँपालिकाले काली माँ इन्टरप्राइजेजलाई कम्प्युटर, प्रिम्टर मर्मतको नाउँमा कुनै पनि विवरण पेश नगरी गो .भौ नम्बर २५ मिति २०७९/०६/१३ गते रु.९९ हजार ४ सय ४०, गौरव डेकोरेटर्सलाई गाउँसभाको नाउँमा गो. भौ नम्बर १९७ मिति २०७९/११/१९ गते रु.९ लाख ९६ हजार १ सय ७९, शिव शक्ति प्रिटिङ्ग प्रेसलाई मसलन्द तथा कार्यालय सामाग्री खरिद नाउँमा गो. भौ नम्बर २३५ मिति २०७९/१२/२७ गते रु १ लाख ५६ हजार भुक्तानी दिएको महालेखा प्रतिबेदनमा उल्लेख छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎन, २०७६ को दफा ९ मा बहुबर्षीय खरिद र विशेष परिस्थितिबाट सृजित दायित्व मध्ये आगामी बर्ष भुक्तानी गर्नुपर्ने बाँकी रकम समाबेश गरेर बजेट बनाउने व्यवस्था छ” महालेखा प्रतिबेदनमा भनिएको छ,” पालिकाले गतबर्षको भुक्तानी दिन बाँकीको खाता तथा कक्चावारी (मलेप फानं. २२१) प्रमाणित नभएको तथा यस बर्षको बजेट समेत गत बर्षको भुक्तानी दिन बाँकीको व्यवस्था नगरी रु. १२ लाख ५१ हजार ६ सय १९ भुक्तानी दिएको छ, तसर्थ यस्तो भुक्तानी अनियमित छ।”
महादेवा गाउँपालिकाले विभिन्न शिर्षकमा कामै नगरी भुक्तानी गरेको, प्रमाण विनै भुक्तानी दिएको तथा कानून विपरीत पेश्की दिने गरेको र कामभन्दा बढी भुक्तानी दिई लाखौं अनियमितता गरेको महालेखा प्रतिबेदन २०७९/०८० मा उल्लेख गरिएको छ ।