न्यूज टुडे
राजविराज ०६ भदाै ।
राजविराज नगरपालिकाका सामुदायिक विद्यालयहरुमा ढिलो परिक्षा लिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
नगरपालिकाको लापरबाहीले एक महिना ढिलाे प्रथम त्रैमासिक परीक्षा संचालन हुँदा त्यसको प्रत्येक्ष मार आफुहरुमा परेको भन्दै विद्यार्थीहरुले गुनासो गरेका हुन् ।
शिक्षा , यूवा तथा खेलकुद शाखाद्वारा प्रकाशित शैक्षिक क्यालेन्डरमा असार २७ गते देखि प्रथम त्रैमासिक परीक्षा संचालन हुने उल्लेख गरिएपनि एक महिना ढिलो परिक्षा लिएको विद्यार्थीहरुले बताए । दिनरात मिहिनेत गरेर पनि समयमा परीक्षा हुन नसक्दा पढाईमा उत्साह घट्ने गरेको महावीर माध्यमिक विद्यालय विसहरियाका कक्षा १० की एक छात्राले बताइन् ।
“परिक्षा ढिलो भएपछि पढ्ने मनाेवल नै घट्यो, समयमा परीक्षा भएकाे भए अलि वढी लेख्थ्याे” उनलेे भनिन् , “अचानक विद्यालय एक महिनापछि खुले लगत्तै परीक्षा हुँदा विचमा पढ्ने माैका नपाएर परीक्षा दिन अलि अप्ठ्यारो भएकाे महशुस भयो।”
नगरपालिकाले आफू अनुकुल नगरी सिकाइ उपलब्धिलाई ध्यान दिएर परीक्षा प्रणलीमा सुधार गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानाध्यापक दिलिप कुमार यादवले एक महिना विद्यालय विदा भएकाे कारण लगत्तै परीक्षा शुरु।गर्दा विद्यार्थीहरु परीक्षामा कम उपस्थित भएकाे वताए ।
राजविराज नगरपालिकाका शिक्षा शाखाका भगवती विश्वकर्माले बजेट अभावले समयमा परीक्षा लिन समस्या भएको बताए । उनले प्रधानाध्यापकहरुको वैठकको निर्णयबाटै परीक्षा सारिएको जानकारी दिए ।
सप्तरीका अन्य सबै स्थानीय तहका सामुदायिक विद्यालयहरुमा असारमै परीक्षा भएपनि राजविराज नगरपालिकाले भने समयमा परीक्षा लिन नसक्दा आफुहरु अन्याैलमा परेको विद्यार्थीहरु बताउछन् ।