• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज हटिया ठेक्का विवाद उत्कर्षमा, लगाएको ठेक्का रद्द गरी फेरी ठेक्का आव्हान

राजविराज हटिया ठेक्का विवाद उत्कर्षमा, लगाएको ठेक्का रद्द गरी फेरी ठेक्का आव्हान
न्यूज टुडे
राजविराज, ०४ भदौ । 
राजविराज गुदरी हटियाको ठेक्का विवाद उत्कर्षमा पुगेको छ । विवाद बढेपछि नगरपालिकाले लगाएको हटियाको ठेक्का रद्द गरी फेरी ठेक्का आव्हान गरेको हो ।  
कर्मचारीको मिलोमतोमा प्रक्रिया नपुर्‍याई  बार्षिक ४५ लाखमा हटिया ठेक्का लगाएको थाहा पाएपछि त्यसलाई रद्द गरी बार्षिक ६७ लाख ठेक्का लगाएछी केहि व्यक्तिले  विवाद उत्पन्न गराइएको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले बताइन् ।
“आफुलाई थाहा नै नदिई सुटुक्क कर्मचारीहरुको मिलोमतोमा विगत बर्षमा ६७ लाखमा लागेको हटिया ठेक्का ४५ लाखमा लगाएको जानकारी प्राप्त भयो” उनले भनिन्, “२२ लाख नगरपालिकालाई नोक्सान हुने देखेर हाकिम साहेवसंग बुझेर रद्द गर्न लगाई राजस्व परामर्श समितिको बैठकले निर्णय गरेर ६७ लाखमा ठेक्का लगाईयो, उनले थपिन्, “त्यसमा पनि विवाद देखिएकोले ४० दिनका लागि ठेक्का दिइएको हटियाको ठेक्का रद्द गरी फेरी खुल्ला डाक बढाबढ गरी आह्वान गरिएको छ।”
कर्मचारीले ठेक्का लगाएको ठेकेदारलाई ६७ लाखमा लिन अनुरोध गर्दा अस्विकार गरीपछी ठेक्का आह्वान गर्दा १० जनाले भरेका मध्ये बढी कबोल गर्ने एकजनालाई ४० दिनको ठेक्का स्वीकृत भएपछि पहिलेको ठेकेदारले ७० लाखमा लिन्छु भनि निवेदन लिएर आएपछि विवाद बढेको उनले स्वीकार गरिन ।
उनले खुल्ला डाकवढावढ मार्फत हटिया ठेक्का लगाउने सहमतिकै आधारमा बुधबार दिनको एक बजे डाक बढाबढ गरी सबैभन्दा बढी कबोल गर्ने संस्था वा व्यक्तिलाई ३६ दिनको लागि ठेक्का दिइने बताइन् । 
प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले हटिया ठेक्काको विषयमा विवाद उत्पन्न भएपछि यसअघि लगाएको ठेक्का निष्क्रिय गरी खुल्ला डाक बढाबढ गरी ठेक्का लगाउने सूचना जारी गरेको बताए । 
उनका अनुसार डाक बढाबढमा सहभागीले ५ प्रतिशत रकम पहिलेनै जम्मा गर्नुपर्नेछ । नगरपालिकाले निर्धारण गरेको न्युनतम मुल्यभन्दा जसले बढी डाक कबोल गर्छ उसैले हटिया ठेक्का पाउने छन् । 
यसैगरी हटिया ठेक्काको विषयलाई लिएर राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवसहित दर्जनौंको संख्यामा नगरपालिका पुग प्रमुख प्रशासकीय अधिकृत गुरुङसंग जवाफ मागेका थिए ।  मेयर यादवले प्रमुख प्रशासकीय अधिकृत गुरुङ विरुद्ध आक्रोशित हुँदै हटिया ठेक्काको सूचना आह्वान गर्न दवाव दिए । 
चर्को दवावपछि प्रमुख प्रशासकीय अधिकृत गुरुङ पछि हट्दै यसअघिको ठेक्का रद्द गरी फेरी हटियाको ठेक्का लगाउने सूचना निकाल्न बाध्य भएका छन् । 
श्रोतका अनुसार मेयर यादव र कार्यबाहक मेयर परविन वीच स्वार्थ बाँझिएकाले विवाद उत्पन्न भएको हो । मेयर र कार्यबाहक मेयरले आफू अनुकुलका ठेकेदारलाई हटिया ठेक्का दिने अडान कायम राखेकाले उक्त विवाद उत्कर्षमा पुगेको श्रोतको दावी छ ।  छलफलमा कार्यबाहक मेयर परबिन भने अनुपस्थित थिइन् । 
कार्यबाहक मेयर परविनले हटिया ठेक्का लगाउने विषयमा आफुहरु विच कुनै विवाद नरहेको बताउंँदै डाक बढाबढ मार्फत ठेक्का लगाने प्रक्रियामा आफ्नो पुर्ण समर्थन रहेको बताइन् ।