• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डाकनेश्वरी ९ का अध्यक्ष चौधरीले लाखौं राजस्व हिनामिना गरेको खुलासा 

डाकनेश्वरी ९ का अध्यक्ष चौधरीले लाखौं राजस्व हिनामिना गरेको खुलासा 
न्यूज टुडे
राजविराज, १९ साउन । 
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–९का वडा अध्यक्ष कर्ण देब चौधरीले सर्वजानिक पोखरी ठेक्कामा लगाए वापत उठाएको राजस्व हिनामिना खुलासा भएको छ । उनले वडा नम्बर–९ मा सर्वजानिक पोखरी ठेक्कामा लगाए वापतको उठेको रकम हिनामिना गरेको हो ।
वडा अध्यक्ष चौधरीले १४ लाख ५० हजार राजस्व उठाएर नगरपालिकाको खतामा ४ लाख ५० हजार बुझाएर बांँकी रकम हिनामिना गरेको स्थानीयको आरोप छ । 
२०७५\०७६ देखि ऐन विपरित वडाको १८ वटा सर्वजानिक पोखरी ठेक्कामा लगाए उठेको रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्ष पछि सार्वजानिक पोखरी ठेक्कामा संग्लन व्यक्तिहरुलाई बयानका लागि बोलाएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नगरपालिकालाई साउन ३ गते पत्रचार गर्दै ठेक्कामा संग्लन व्यक्तिहरुलाई श्रवण ९ गते वयानका लागि उपस्थित गराउन भनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाक्नेश्वरी –९ का पोखरी ठेक्का बोलकबोल गर्ने राम नरायण मेहता , रामदेब साह , हरेराम साह , राम नारायण साह , रामसुन्दर यादव र नेपाली यादवलाई बयानका लागि वोलाएका छन् ।
सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत पहिलो वर्षको रकम १४ लाख ५० हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष चौधरीले आफैंसँग राखेको पोखरी ठेक्का बोलकबोल गर्ने व्यक्तिहरुले बताउँछन् । 
अख्तियारमा उजुरी परेपछि ठेक्केदारलाई राजस्व फिर्ता
सार्वजानिक पोखरी ठेक्काको राजस्व रकम हिनामिना सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपिछ नियम विपरित पोखरी ठेक्का लिने व्यक्तिहरुलाई राजस्व रकम फिर्ता गरेको छ । ठेक्का बोलकबोल गरी राजस्वका लागि अध्यक्ष चौधरीलाई बुझाएको पैसा पुनः ठेक्केदारलाईनै फिर्ता दिएको बताइएको छ ।
पोखरीका ठेक्केदार सामदेब साहले अध्यक्षलाई बुझाएको राजस्व वापतको पैसा फिर्ता लिएर वडा कार्यालयमा भरपाई गरिदिएको बताए । बयानका लागि वोलाएका ६ जना मध्ये ५ जनाले कानून विपरित राजस्वका लागि जम्मा गर्न दिएको पैसा फिर्ता लिएको वडाका एक कर्मचारीले बताए । एक जना ठेक्केदारको मृत्यु भएका कारण उनको पैसा वडा अध्यक्ष संगै रहेको समेत उनले जानकारी दिए ।
उजुरी परेको ५ वर्ष पछि अनुसन्धान
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा पोखरी ठेक्काको राजस्व रकम हिनामिना भएको उजुरी २०७६ साल भदौं ५ गते भएपनि ५ वर्ष पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि डाक्नेश्वरी नगपालिका संग २०७६ सालमा पोखरी ठेक्का सम्बन्धी भएको निर्णय तथा ठेक्का प्रक्रियाको सम्पुर्ण कागजातहरु माग गरेको प्रमूख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले बताए ।
अध्यक्ष चौधरी विरुद्ध रकम हिनामिन गरेको करिव एक दर्जन उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग परी अनुसन्धान भईरहेको स्थानीयले जनाएको छ।
चौधरी नेकपा एमालेवाट दोस्रोपटक निर्वाचित वडा अध्यक्ष हुन्। उनको विरुद्धमा वडा कार्यालयवाट विभिन्न शिर्षकमा करिव ६० लाख रुपैयाको दुरुपयोग गरेको अख्तियारमा उजुरी परेको छ ।