• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जसपा नेपालका अध्यक्ष  उपेन्द्र यादव मनिला प्रस्थान

जसपा नेपालका अध्यक्ष  उपेन्द्र यादव मनिला प्रस्थान
न्यूज टुडे
काठमाडौं १३, साउन ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आइतबार  फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन(सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
मलेसिया एयरलाइन्सको विमानबाट  आइतबार राति ११ः३० बजे मनिला गएका अध्यक्ष यादवसँगै जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहेको जसपा नेपाल केन्द्रीय समितिले जनाएको छ । 
अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ बिषयक कार्यपत्र प्रस्तुत गरी उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ३० जुलाईका दिन विदेश विभाग प्रमुख अर्जुन थापाले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।
उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी हुँदैछन् । जुलाई २९ मा उद्घाटन हुने उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ । 
त्यसैगरी, अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागि हुनेछन् ।
जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य रहेको छ । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।