• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शुभ लक्ष्मी सहकारीले २ करोड वचत फिर्ता नदिएको आरोप

शुभ लक्ष्मी सहकारीले २ करोड वचत फिर्ता नदिएको आरोप
न्यूज टुडे
राजविराज, १२ साउन । 
सप्तरीको कन्चनरुप नगरपालिका ४ कविलासा स्थित संचालित शुभलक्ष्मी बचत तथा ॠण सहकारी संस्थाले २ करोड बचत रकम फिर्ता नदिएको आरोप लगाउंँदै प्रहरीमा उजुरी परेको छ ।  बचत फिर्ता गर्न आनाकानी गरेको भन्दै सहकारीका संचालक समितिका पदाधिकारी विरुद्ध  सहकारीकै अभिकर्ताहरुले इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दिएका हुन् । 
छलफलमा बसेका सहकारी पीडित तथा संचालक समितिका पदाधिकारी र कर्मचारीहरु । फोटो : न्यूज टुडे
संचालक समितिका अध्यक्ष हरी दयाल मुखिया र पुर्व अध्यक्ष छोटेलाल साहसहित सहकारी संस्थाका पदाधिकारी विरुद्ध उजुरी परेपछि दुबैपक्षलाई राखेर छलफल गराउने कार्य भइरहेको इलका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले बताए । 
“सहकारीमा बचत गरेको रकम फिर्ता नगरेको भनी सहकारी संस्थाका पदाधिकारी विरुद्ध ठाडो उजुरी दर्ता भएको छ, डिएसपी नेपालले भने, दुबैपक्षलाई एकठाउँमा बस्ने बाताबरण मिलाईदिएको छौ, मिल्लामिल्ला जस्तो गर्छ फेरी आफैमा किचोलो हुन्छ, छलफल जारी छ, सहमति नजिक पुगेपनि अझै निष्कर्षमा भने पुग्न सकेको छैन ।” 
अहिले आफै-आफैमा मिलापत्र गरेर समाधानको बाटो तिर जाओस्  भन्ने नै छ, उनीहरु विच सहमति नभए जाहेरी दर्ता गरी कानुनी कारबाही अगाडि बढाउने डिएसपी नेपालले बताए । 
शुभलक्ष्मी बचत तथा ॠण सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरुले २ करोड भन्दा बढी बचत अपचलन गरी फिर्ता नगरेको भन्दै सहकारी पीडितहरु बचत फिर्ताको माग राखी दैनिक जसो प्रहरी कार्यालय धाउने गरेका छन् ।