• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी सप्तरीका सहित १५ जनाको मृत्यु

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी सप्तरीका सहित १५ जनाको मृत्यु
न्यूज टुडे
राजविराज, ०९ साउन । 
काठमाडौँबाट पोखरातर्फ उड्ने क्रममा सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको छ । सौर्य एअरलाइन्सको सौर्य एयर ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार सप्तरीका सहित  गरी १५ जनाको मृत्यु भएको  हो ।  
जहाज दुर्घटना परी ज्यान गुमाएका नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पुर्व सभापति प्रकाश खतिवडा र उषा पोखरेलको जेठी छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाती अधिराज शर्मा । फोटो : फायल
दुर्घटनामा परेका ४ जनाको उद्दार गरि शिक्षण अस्पतालमा पठाएको र जहाजमा रहेका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
मृतकको शव महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ । मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान बुधबार ११ बजे दुर्घटना भएको थियो । विवानमा चालकदलका सदस्य सहित १९ जना रहेको जनाइएको छ ।