• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मुख्यमन्त्री सिंहद्वारा मन्त्री परिषद विस्तार

मुख्यमन्त्री सिंहद्वारा मन्त्री परिषद विस्तार
न्यूज टुडे
राजविराज ०३ साउन । 
मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले मन्त्रीपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेस र लोसपाबाट बिहीवार मन्त्रीहरु नियुक्त गरी मन्त्री मण्डल विस्तार गरेका हुन् । 
मन्त्री मण्डलमा काँग्रेसका  चार जनालाई मन्त्रिपरिषदमा सहभागी गराएको छ । 
नेपाली कांग्रेसले अर्थ मन्त्रीमा सुनिलकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जनार्दन क्षेत्री, ऊर्जा, सिँचाइ खानेपानी मन्त्रीमा शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा कौशल किशोर राय नियुक्त भएका छन् । 
यसैगरी जनमत पार्टीबाट विना विभागीय मन्त्री नियुक्त भएका सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य सकिल अलिलाई उधोग मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ भने लोसपाबाट समेत मन्त्री परिषदका सहभागी भएका छन् ।लोसपाकी रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएकी छिन् । मुख्यमन्त्री सिंहले केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।  शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीलाई गृह संचार तथा कानुन मन्त्रीको जिम्मेवारी दिइएको छ । 
नवनियुक्त मन्त्रीहरुले बिहीबार साँझ शपथ तथा पदभार ग्रहण गरेका छन् ।