• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पालिका स्तरीय सहकारी समन्वय समितिको साधारणसभा सम्पन्न

पालिका स्तरीय सहकारी समन्वय समितिको साधारणसभा सम्पन्न
न्यूज टुडे
राजविराज,११ बैशाख । 
अग्नीसाईर कृष्णासवरन गाउँपालिका स्तरीय सहकारी समन्वय समितीको प्रारम्भिक (प्रथम) साधारणसभा सम्पन्न भएको छ । समन्वय समितिका संयोजक रामी यादवको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो । 
उद्घाटनसभामा मञ्चासीन प्रमुख अतिथि कार्यबाहक अध्यक्ष सहित अतिथिगण । फोटो: न्यूज टुडे
अमसोत सामुदायिक कृषि सहकारी संस्थाको सभाहलमा आयोजित साधारणसभामा राष्ट्रिय सहकारी बैंक राजविराज शाखाका प्रबन्धक संजय कुमार मेहता, पत्रकार बृजमान तामाङ, अग्नीसाइर कृष्णासवरन गाउँपालिका कृषि शाखाकी प्रमुख चन्द्ररेखा कुमारी चौधरी, समन्वय समितिका सल्लाहकार बोधराज सुवेदी, समाजकल्याण कृषि सहकारी संस्था हरिहरपुरका अध्यक्ष देवकान्त चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
पालिका स्तरीय सहकारी समन्वय समितिका सचिव रमानन्द चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत अमसोत सामुदायिक कृषि सहकारी संस्था बेल्हाकी अध्यक्ष सरिता योन्जनले गरिन ।
सभाले आव २०८२/०८३ को १ लाख ४६ हजार १ सय ५० रुपैयाँ आयव्यय प्रस्तुत गरिएको छ । समितिका सचिव चौधरीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार २७ हजार ८ सय २० खर्च भएको तथा १ लाख १८ हजार १ सय ९० मौज्दात रहेको छ । 
गाउँपालिकामा संचालित सहकारी संस्थाका संचालकहरु आबद्ध समन्वय समितिले पालिकामा संचालित सहकारीहरुको वृत्ति विकासमा सहयोग पुर्‍याउने उदेश्य लिएको संस्थाका संयोजक यादवले जानकारी दिए ।