• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

छिटो छरितो र सर्वसुलभ न्याय सम्पादनमा प्रतिबद्ध छौं : मुख्य न्यायाधीश ज्ञवाली

छिटो छरितो र सर्वसुलभ न्याय सम्पादनमा प्रतिबद्ध छौं : मुख्य न्यायाधीश ज्ञवाली
न्यूज टुडे 
राजविराज, ०२ साउन । 
उच्च अदालत राजविराज-जनकपुर इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले छिटो छरितो न्याय सम्पादनमा उच्च अदालत प्रतिबद्ध रहेको बताएका छन् । उच्च अदालतद्वारा आफ्नै सभाहलमा बुधबार आयोजित आव-२०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
उच्च अदालत राजविराज- जनकपुर इजलासद्वारा आयोजित कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश ज्ञवालीले आर्थिक बर्ष २०८०/०८१ मा मुद्दा फैसलामा लक्ष्यभन्दा राम्रो उपलब्धि प्राप्त गर्न सफल भएको बताए । मुद्दा  फैसलामा राम्रो नतिजा भएपनि उत्साहजनक नभएको उल्लेख गर्दै  मुख्य न्यायाधीश ज्ञवालीले समग्रमा संतोषजनक नतिजा आएको बताए । 
उनले सबै क्षेत्रको सहयोगमा राम्रो नतिजा प्राप्त भएको बताउंँदै आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गरे । 
आव २०८०/०८१ मा अनुमानभन्दा बढी मुद्दा दर्ता हुँदा पनि मुद्दा फैसलामा राम्रो प्रगति हासिल भएको बताउँदै उनले सफलताको पछाडि न्यायाधीश, सेवाग्राही, नागरिक समाज,  कानुन व्यवसायी , अर्ध न्यायीक निकायहरू, पत्रकारहरुको सकारात्मक साथ सहयोग रहेको उल्लेख गरे । 
उनले सप्तरीका पत्रकारहरुले गहिराइमा गएर सत्यतथ्यमा आधारित समाचार संकलन गरेर सहयोग पुर्‍याएको भन्दै प्रशंसा गरे । संचार माध्यमबाट पीडितको गुनासो बुझ्ने अवसर मिलेकाले सानोतिनो विवादमा नअल्झी गुनासालाई गुम्सिन नदिई मुद्दा फैसला गर्न प्रयत्नशील रहेको बताए । 
मुख्य न्यायाधीश ज्ञवालीले आव- २०८१/०८२ मा न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले बदलाको मनसाय लिएर गरिने गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने बताए । 
चालू आर्थिक बर्षदेखी हालै घोषित पाँचौ पन्चबर्षे रणनीतिक योजना अनुसार न्याय सम्पादन र प्रशासनिक कार्य अगाडि बढ्ने बताए ।  न्याय सम्पादनलाई स्वतन्त्र निष्पक्ष र प्रभावकारी बनाउन डिसिएम पद्धतिद्वारा अगाडि बढ्ने बताउंँदै उनले नयाँ प्रविधिको प्रयोगले अगामी बर्षदेखी मुद्दा फैसलामा थप प्रगति हुने विश्वास व्यक्त गरे ।  
मेलमिलापबाट मुद्दा फैसला गर्दा सबैभन्दा प्रभावकारी हुने बताउंँदै उनले फौजदारी बाहेक देवानी संहिताका मुद्दाहरुलाई मेलमिलाप पद्धतिबाट फैसला गर्नुपर्नेमा जोड दिए । 
न्यायाधीश विमल सुवेदीले उच्च अदालतको प्रगति प्रतिबेदन सार्वजनिक गर्दै  ७७.१९ प्रतिशत मुद्दा फैसला गरेको बताए । 
२०८१ असार मसान्तसम्मका लगत फछ्र्यौट र बाँकी विवरण प्रस्तुत गर्दै उनले विगतको जिम्मेवारी सरेको ३ हजार ३ सय ४०, नयाँ दर्ता ३ हजार सात सय ५८, गरि जम्मा ७ हजार ९८ मध्ये ३ हजार ७ सय १६ फछ्र्यौट भएको तथा ३ हजार ३ सय ८२ बाँकी रहेको, २ बर्ष नाघेको मुद्दा  शन्यू अवस्था पुर्‍याएको तथा ५२. ३ प्रतिशत फछ्र्यौट गरी लक्ष्यको ७७. १९ प्रतिशत मुद्दा फैसलामा प्रगति भएको जानकारी गराए। 
यसैगरी निवेदन प्रतिबेदन तर्फ २०८१ असार मसान्तसम्ममा ७९.९३ प्रतिशत प्रगति गर्न सफलता मिलेको न्यायाधीश सुवेदीले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख छ । 
लगत फछ्र्यौट र वाँकी विवरण प्रस्तुत गर्दै न्यायाधीश सुवेदीले विगतको जिम्मेवारी सारेको ३ सय १९, नयाँ दर्ता ५ सय ६८ गरी कुल ८ सय ८७ निवेदन मध्ये ७ सय ९ फछ्र्यौट गरेको र १ सय ७८ निवेदन मात्र फैसला हुन बाँकी रहेको बताए । 
उच्च अदालत बारका अध्यक्ष हरेराम यादवले मुद्दा फैसलामा सम्मानजक परिणाम हाँसिल गरेको भन्दै आगामी बर्षमा पनि यसको निरन्तरतामा जोड दिए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघ बहादुर मंग्राती, प्रहरी उपरीक्षक गजुसिध्दी बज्राचार्य, उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरु, मालपोतसहितका विभिन्न कार्यालयका प्रमुखहरु, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवसहित विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रमको संचालन उच्च अदालत राजविराज- जनकपुर इजलासका रजिस्ट्रार फणीन्द्रराज भट्टराईले गरेका थिए ।