• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा सिसि क्यामारामा घोटाला गरेको पुर्वमन्त्री यादवको दाबी 

राजविराजमा सिसि क्यामारामा घोटाला गरेको पुर्वमन्त्री यादवको दाबी 
न्यूज टुडे
राजविराज, ०१ साउन। 
नेकपा माओवादी केन्द्रका नेता एवम् पुर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले राजबिराज नगरपालिकाले सिसि क्यामारामा घोटाला गरेको दाबी गरेका छन् । आफ्नो फेसबुक पेजमा मंगलबार स्टाटस लेखेर सार्वजनिक गर्दै मन्त्री यादवले यस्तो खुलासा गरेका हुन् । 
पुर्व मन्त्री यादवले राजविराज नगरपालिकाले प्रक्रिया मिचेर मनपर्दी सिसि क्यामरा खरिद गरी जडान गरेको आरोप लगाउँदै जवाफ समेत मागेका छन् । 
“कति वटा सिसि क्यामेरा जडान गर्‍यो ? कति बजेट खर्च भयो ? “,  यादवले सामाजिक संजालमा लेखेका छन्,  “खरिद प्रकृतिको समान टेन्डर मार्फत नगरी  उपभोक्ता समिति मार्फत किन खर्च गर्‍यो ? जवाफ पाइन्छ कि ? ।”
सिसि क्यामरा खरिद टेन्डर मार्फत गर्नुपर्नेमा उपभोक्ता समिति मार्फत गर्नु अस्वभाविक रहेको  उनको टिप्पणी थियो ।
राजविराज नगरपालिकाले विजुलीको सामान खरिद नै  नगरी लाखौं भुक्तानी दिएको भन्दै त्यसो गर्नुको कारण खुलाउन मन्त्री यादवले आग्रह समेत गरेको छ ।
 “चालिस लाख बराबरको  बिजुलीबतीको समान  टेन्डर नगरी १०/१०  लाखको टुक्राटुक्रा गरेर कोटेशनमा  नै किन दिनुपर्यो ?”, उनले लेखेका छन् ,”त्यो पनि खरिद नै नगरी भुक्तानी कसरी दिइयो ? । “
उनले विजुलीको समान खरिद आदेश विनै भुक्तानी गर्नु कानुन विपरीत भएको दावी गरेका छन् । 
पुर्व मन्त्री यादवले नगरपालिकामा संचालन गरेको पुर्वाधार विकास तथा कार्यक्रम पारदर्शी गर्नुपर्नेमा जोड दिदै  सार्वजनिक गर्न चुनौती समेत दिएका छन् ।
 “टेन्डर / कोटेशन / संघसंस्था मार्फत गरिएको कार्यक्रमहरु बारेमा सार्वजनिक ( सामाजिक संजाल  मार्फत  समेत )  गर्न हिम्मत नगरपालिकाले गर्ला कि?भन्दै मन्त्री यादवले स्टाटस लेखेका छन् ।  
सिटिईभिटी (CTEVT) भवन निर्माणको टेन्डर  शुन्य प्रतिशत विल्लो (below)  मा कसरी भयो? गोप्य सूचना गरि मिलोमतोमा गरिएको होइन र? भनी उनले प्रश्न गरेका छन् । 
नगरपालिकाका जनप्रतिनिधिहरु विलासी भएको टिप्पणी गर्दै पुर्व मन्त्री यादवले सरसफाइको बजेट फ्रीज गरेर लाखौंको गाडी खरिद गरेको भन्दै आपत्ति व्यक्त गरेका छन् ।  
“फोहोर ब्यबस्थापनको बजेट फ्रीज हुने अनि लगभग पौने करोडमा गाडी किन्न किन हिच्किचाहट नहुने ।कस्तो चिन्तन ? ” उनले सामाजिक संजालमा लेखेका छन् ।
काम गर्नेहरूको चेक नगरपालिकाले किन बन्धकीमा राख्या होला भनी प्रश्न गर्दै पुर्व मन्त्री यादवले लेखेका छन्,“हरेक स्थानीय सरकारको कुशासनको भण्डाफोर र प्रतिरोध गरौं ।”