• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीबाट चौधरी र सुडी मन्त्री नियुक्त 

सप्तरीबाट चौधरी र सुडी मन्त्री नियुक्त 
न्यूज टुडे 
राजविराज, ३१ असार । 
प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सप्तरीबाट दुई जना मन्त्री नियुक्त भएका छन् ।प्रधानमन्त्री ओलीले तेजुलाल चौधरीलाई युवा तथा खेलकुद र नवलकिशोर साह सुडीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन् । 
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी । फोटो : न्यूज टुडे
ओलीले सोमबार २२ सदस्यीय मन्त्रिपरिषद गठन गर्दा सप्तरीका दुई जना परेका छन् ।चौधरी नेपाली काङ्ग्रेसबाट र साह जसपाबाट मन्त्री भएका हुन् ।
साह सप्तरी क्षेत्र नम्बर १ बाट र चौधरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी । फोटो : न्यूज टुडे
एम्मले अध्यक्ष ओली नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास ,विष्णु पौडेल उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ सूचना प्रविधि तथा सञ्चार, रमेश लेखक गृह ,शरदसिंह भण्डारी श्रम रोेजगार ,आरजु राणा परराष्ट्र,  प्रदीप यादव खानेपानी, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदर भण्डारी उद्योग वाणिज्य,देबेन्द्र दाहाल  भौतिक पूर्वाधार तथा यातायात,प्रदीप पौडेल  स्वास्थ्य तथा जनसंख्या, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला, बद्री पाण्डे  संस्कृति, पर्यटन तथा नागरिक उड्डययन,  रामनाथ अधिकारी कृषि, विद्या भट्टराई  शिक्षा,मानवीर राई  रक्षा.,दीपक खड्का ऊर्जा जलस्रोत तथा सिंचाई, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन  र ऐनबहादुर शाही  वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । 
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।