• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सीप नै सुखी जीवन र  समृद्धिको आधार हो : अध्यक्ष यादव

सीप नै सुखी जीवन र  समृद्धिको आधार हो : अध्यक्ष यादव
नर्मदेव यादव
रुपनी, २८ असार । 
सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले सीप नै समृद्धि र सुखी जीवनको आधार भएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा शुक्रबार आयोजित एक महिने सिलाई कटाई तालिम समापन समारोहमा वोल्दै उनले यस्तो बताएका हुन् । 
तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सीप नै सुखी जीवनको आधार भएको बताए । सीप भएको मान्छेको जीवन सधै सुखमय हुने बताउंँदै अध्यक्ष यादवले सीपबाटै रोजगारी सिर्जना हुने भएकोले सबै व्यक्तिले कुनै न कुनै सीप सिक्नुपर्ने आबश्यकता औल्याए । 
विपन्न तथा शिक्षित व्यक्तिको पहिचान गरी सीप सिकाएर आन्तरिक रोजगारीको सिर्जना गरी आत्मानिर्भर  बनाउने लक्ष्य लिएर काम गरिरहेको बताउंँदै उनले सबै नागरिक दक्ष नभएसम्म समृद्धिको परिकल्पना गर्न नसकिने उल्लेख गरे । 
गाउँपालिकामा सीपमुलक तालिम संचालन गरेकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादवले तालिमबाट सिकेको सीपबाट आर्थिक उन्नतिको बाटोमा लाग्न सहभागीहरुलाई आग्रह गरे । 
रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बद्री नारायण  सरदारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी दिनेश कुमार यादव,विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी,प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव, वडा अध्यक्ष सरदारले सहभागीहरुलाई लुगा सिउने मेसिन र  प्रमाण-पत्र  प्रदान गरे ।
नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा रुपनी गाउँपालिकाद्वारा संचालित एक महिने सिलाई कटाई तालीम समापन कार्यक्रममा उपाध्यक्ष लौगी, प्रमुख प्रशासकीय अधिकृत यादव, सहभागीहरु विणा कुमारी मण्डल,सोमनी देवी खंग लगायतले तालीमलाई निरन्तरता दिन जोड दिए । 
काली प्रसाद यादवद्वारा संचालित कार्यक्रममा तालिमको उदेश्य बारे फोकल पर्सन राम कुमार चौरसियाले प्रकाश पारे ।